coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आलमकाे निधनमा शोक प्रस्ताव

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनकाे शोक प्रस्ताव पारित गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै आलमको निधनमा एक मिनेट मौन धारण पनि गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।

 

प्रकाशित: १ श्रावण २०७५ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App