८ वैशाख २०८१ शनिबार
अर्थ

शेयर कारोवारमा अनलाइन प्रणाली

काठमाडौ–नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मंगलवारदेखि शेयरको अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ। यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आएमा शेयर खरिद बिक्री घरबाटै गर्न संभव हुनेछ।

परीक्षणका रूपमा अहिले दलाल कम्पनीहरुलाई मात्र सामेल गरिएको छ। यो प्रणालीसँगै कम्प्युटराइज्ट ट्रेडिङ प्रणाली पनि समानान्तर रुपमा सञ्चालनमा रहने नेप्सेले जनाएको छ।

अनलाइन प्रणालीमार्पmत कारोबार गर्दा लगानीकर्ताले शेयर खरिद–बिक्री गर्न दलाल कम्पनीमार्पmत आफ्नै युजर नेम र पासवर्ड पाउनेछन्। त्यही युजर नेममार्पmत कारोवार गर्ने व्यवस्था गरिएको छ। यसका लागि नेप्सेले दलाल कम्पनीहरूलाई क्लाउड बेस्ड होस्टिङमार्फत ट्रेड म्यानेजमेन्ट सिस्टम जडान गर्न आह्वान गरेको छ।

अनलाइन कारोवार प्रणालीले शेयरको दोस्रो बजारमा सर्वसाधारणको पहँुच सहजरूपमा स्थापित गर्ने भएकाले लगानीकर्ताको संख्या र कारोबार परिमाण बृृद्दि हुने अपेक्षा नेप्सेको छ। ‘अनलाइन कारोबार प्रणालीबाट नेपाली पूँजी बजारमा सर्वसाधारणको पहँुच बढ्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। ‘अनलाइन ट्रेडिङ प्रणाली पुँजी बजारका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास छ,’ उनले भने। 

प्रकाशित: १ श्रावण २०७५ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App