coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

फाइल फाेटाे

उदयपुर – तीन सातादेखि विद्युत बिहीन बन्न पुगेका स्थानीयले नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन्। गत असार १० गतेदेखि बत्तीबिहीन हुन पुगेका त्रियुगा नगरपालिका २ खैजनपुरबासीले प्राधिकरणको लापरबाहीले आफुहरुलाई समस्या भएको भन्दै मंगलबार विहानदेखि गाईघाटस्थित प्राधिकरणको वितरण केन्द्रमा घेराउ गरेका हुन्।

विहान ९ बजे तिर आएको १ सय ५० भन्दा बढी खैजनपुरबासीको समूहले प्राधिकरणको प्रवेशद्वारमा नारा लगाउँदै कर्मचारीलाई कार्यालय प्रवेश गर्न रोक लगाउन खोजेका थिए। केही कर्मचारी भित्र छिरिसकेको र छिर्न बाँकीहरु पछाडिको ढोकाबाट छिरेर कार्यालय प्रवेश गरेका थिए। वडाध्यक्ष घमानसिंह खत्रीले २२ दिनअघि बिग्रेको विद्युत प्राधिकरणले मर्मत नगरेका कारण बत्ती नबलेर आजित भएका वडाबासी प्राधिकरण घेर्न आएको बताए।

उनले पटक पटक मर्मत गरी विद्युत सुचारु गर्न आग्रह गरेको, तर नभएपछि नगरपालिकाबाट पत्राचार गराउदा र मेयर तथा प्रमुख जिल्ला अधिकारीमार्पmत भन्न लगाउँदा पनि प्राधिकरणले मर्मत गर्नेतर्फ चासो नदिएपछि बाध्य भएर प्राधिकरण घेराउ गर्नुपरेको बताए। चर्को गर्मीको मौसममा लगातार २२ दिनदेखि विद्युतबिहीन हुनुपर्दाको पीडा सहन नसकेर मध्ये वर्खाको रापाईँ छाडेर प्राधिकरण घेरा उगर्न आउनुपरेको स्थानीय श्यामनारायण चौधरीले बताए।

कार्यालय घेराउकै बीच पछाडिको ढोकाबाट कार्यकक्षमा पुगेका केन्द्र प्रमुख रामअयोध्या यादवले कार्यालय घेराउबारे प्रशासन र प्रहरीमा खवर गरेका थिए। लगत्तै प्रदेश सांसद विमल कार्की, नेकपाका नेताहरु इश्वरमणि राउत, अनिल अधिकारीलगायत जिल्लास्तरीय पार्टी नेताहरु लिएर वडाध्यक्ष खत्रीको टोली पुगेर यादवलाई तत्काल विद्युत सुचारु गर्न आग्रह गरेको छ।

यादव र टोलीबीच दुईपक्षीय छलफलमा बुधबार विहानसम्ममा जसरी पनि विद्युत सुचारु गर्ने नसके रवाना लिएर जाने प्रतिबद्धता जनाएपछि घेराउ गर्न आएको टोली फिर्ता भएको छ।

प्रकाशित: १ श्रावण २०७५ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App