coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

फाइल फाेटाे

भक्तपुर -  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला शुरु भएको छ।

 साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए । मेला ३८ दिनसम्म चली भदौ ६ गते समापन हुने बताइएको छ । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने थाहा बताइएकाे छ । थापाले लाम बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहिने मेला शुरु भएको छ । मनको इच्छा पूरा हुने जनविश्वासले मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडाैं उपत्यकालगायत काभ्रेपलाञ्चोकका दर्शनार्थीको घुइँचो लाग्ने सो मन्दिरमा साउनमा रुद्री पूजा गर्नेको समेत भीड लाग्छ । यता दत्तात्रय मन्दिरमा भने साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्छ।रासस

प्रकाशित: १ श्रावण २०७५ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App