परिपक्व स्ट्राइकर

मङ्गलबार, ०१ साउन २०७५, १० : ३८ एजेन्सी

लन्डन – विश्वकपमा गोल्डेन बुट जितेपछि टोटेनह्यामका इङ्लिस स्ट्राइकर ह्यारी केनले आफू जुनसुकै स्तरको फुटबलमा पनि उच्च प्रदर्शनका लागि सक्षम रहेको प्रमाण दिएका छन्।

२४ वर्षे फरवार्डले आइतबार रूसमा सम्पन्न विश्वकपमा सर्वाधिक ६ गोल गरेका थिए । उच्च गोलकर्ताको दौडमा उनले फ्रान्सका किलियन एमबाप्पे, बेल्जियमका रोमेलु लुकाकुलगायतका खेलाडीलाई पछि पार्दै गोल्डेन बुटमा कब्जा जमाए । केनले गरेका ६ मध्ये ५ गोल समूहचरणमा गरेका थिए । जसमा पानामामाथि ६–१ को जित हासिल गर्दाको ह्याट्रिक पनि सामेल छ।

दुई वर्षअघि युरोपियन च्याम्पियनसिपमा आइसल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको इङ्ल्यान्डका लागि केनले एउटै गोल गर्न सकेका थिएनन् । तर त्यही प्रतियोगिताको कमजोर प्रदर्शन तथा नतिजा केनका लागि भिटामिन बन्यो । युरोपियन च्याम्पियनसिपको निराशाका कारण उनलाई विश्वकपमा केही गर्ने ऊर्जा प्राप्त भयो । ‘प्रतियोगिता सुरु हुनुअघि नै मैले रूसमा युरोपियन च्याम्पियनसिपको निराशा मेटाउँछु भनेको थिएँ,’ केनले भने।

इङल्यान्डका पछिल्ला तीन खेलमा एउटै गोल गर्न नसके पनि रूसको यात्रा केन र उनको इङ्ल्यान्डका लागि उत्साहजनक रहयो । आफ्नो कप्तानीमा रहेको टिमलाई केन आफैंले गोल गरेर लामो समयपछि सेमिफाइनलसम्म पुर्याए।

घरेलु लिगमा उच्च प्रदर्शन गरे पनि राष्ट्रिय टोलीका लागि विश्वकप तथा युरोपियन च्याम्पियनसिपजस्ता महत्वपूर्ण प्रतियोगितामा क्लबको जस्तो खेल्न नसक्ने भनेर इङ्लिस टोली सधैं आलोचित हुने गरेको थियो । यसपालि केन नेतृत्वको टोलीले १९९० यता पहिलो पटक सेमिफाइनलसम्मको यात्रा गरेर आलोचकको मुख थुनेको थियो।

सेमिफाइनलमा पराजित भएपछि टिमसँगै घर फर्किएका केनलाई अब फिफाले गोल्डेन बुट लन्डन नै पठाइदिनेछ । २०१५–१६ र २०१६–१७ सिजनमा प्रिमियर लिगमा उच्च गोलकर्ता बन्दै जितेका दुई गोल्डेन बुटसँगै विश्वकपको गोल्डेन बुट पनि अब केनको लन्डनस्थित घरमा सजिनेछ।

‘केन विश्वस्तरीय स्ट्राइकर हुन् । रूसमा उनले त्यो क्षमता प्रमाणित गरिसकेका छन् । तर अझै पनि उनमा सुधार गर्नुपर्ने र गर्न सकिने थुप्रै ठाउँ छन् । उनी भर्खर २४ वर्ष भएका छन् । त्यसैले भविष्यमा अझै सुधारका साथ उनी आउने अपेक्षा गर्न सकिन्छ,’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘सानो उमेर भए पनि उनको खेलमा परिपक्वता पर्याप्त छ।’

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad