४ वैशाख २०८१ मंगलबार
खेल

रंगशाला संरक्षणबारे अन्योल

रूस विश्वकप २०१८ को फाइनल खेलाइएको लुज्निकी रंगशाला । तस्बिर : एजेन्सी

मस्को – रूसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई विश्वकपका लागि बनाइएका रंगशाला त्यसपछि कसरी प्रयोग गरिन्छ भन्नेमा प्रतियोगिताको सफलता झल्कने राम्रोसँग थाहा छ । त्यसैले उनी ती सबै रंगशालाको संरक्षण हुनेमा विश्वस्त छन्।

रूसले एक महिना लामो प्रतियोगिताका लागि रंगशालामा निर्माणमा ४ अर्ब डलर खर्चिएको थियो । प्रतियोगिताका लागि राजधानी मस्कोभन्दा टाढा रहेका निझनी नोभगोरोड र सारांस्कमा समेत रंगशाला निर्माण गरिएको थियो।

पुटिनले प्रतियोगिताअघिको एक टेलिभिजनमा सम्बोधनमा रंगशालाको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । आइतबार प्रतियोगिताको अन्त्यसँगै पुटिनले जनाएको प्रतिबद्धता कार्यान्वयनमा आउने वा नआउनेमा सबैको ध्यान केन्द्रित छ।

रूस राजनीतिमा विगत दुई दशक पुटिनको दबदबा कायम छ । सम्बोधनका क्रममा गम्भीर देखिएका पुटिनले त्यहींबाट क्षेत्रीय नेताहरूलाई सम्बोधन गर्दैै रंगशालाको संरक्षणमा गम्भीर हुन निर्देशन गरेका थिए।

“हामी रंगशाला निर्माणको परिकल्पना गरिरहेका थियौं । हामी रंगशाला खेल प्रयोजनका लागि मात्र नभई त्यसको व्यावसायिक पाटोका बारेमा पनि सोचिरहेका थियौं । अहिले हामी अब के गर्नेमा अनभिज्ञ छौं ।” 

‘म सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्न चाहन्छु,’ पुटिनले भने, ‘जे भए पनि मध्य ९० को दशकजस्तो प्रतियोगितामा खेलाइएका रंगशालाहरूलाई बजारमा परिवर्तन गर्न मिल्दैन।’

रूसले प्रतियोगिताका लागि तयार पार्नुुअघि मस्कोस्थित लुझनिकी रंगशाला सेकेन्ड ह्यान्ड सामान पाउने चर्चित बजारको रूपमा रहेको थियो । त्यही रंगशालामा एक महिनाअघि रूस र साउदी अरेबियाबीच उद्घाटन खेल भएको थियो भने आइतबार फ्रान्स र क्रोएसियाबीच फाइनल खेल भएको थियो । त्यसैले ८० हजार दर्शक क्षमताको लुझनिकी रंगशालाको भविष्यप्रति अझ बढी ध्यान जाने देखिन्छ।

१९९० मा सोभियत संघबाट अगल भएको रूसले सो समयमा लुझनिकी रंगशालामा स्थानीय व्यापारीलाई मैदानमा स्टल राख्ने अनुमति दिएको थियो । २०१० को दक्षिण अफ्रिका विश्वकपमा २०१८ को विश्वकप आयोजनाको अधिकार पाएको रूसले एक वर्षपछि मात्र विश्वकपका लागि रंगशाला निर्माण र पुनर्निर्माणमा तीव्रता दिएको थियो।

राष्ट्रिय रंगशालामा भएकाले यस रंगशालाको भविष्य केही हदसम्म सुरक्षित भए पनि प्रतियोगिता दौरान कमै समर्थकलाई आकर्षित गरेका सारांस्क र सामारा रंगशाला प्रयोग कुन प्रयोजनका लागि गरिने भने अन्योल कायमै छ।

रूसले प्रतियोगिताको सफलतापूर्वक आयोजना गर्दैै आफू कुनै पनि प्रमुख प्रतियोगिता गर्न सक्षम भएको प्रमाणित गर्नुका साथै विश्वका अन्य राष्ट्रले आफ्नो बारेमा राख्दै आएको धारणमा समेत परिवर्तन ल्याइसकेको छ । प्रतियोगिता खेलाइने १२ वटा रंगशालमा ११ विभिन्न सहरमा हुने भएकाले सहभागी टोली र समर्थकले धरै लामो यात्रा गर्नुपर्ने भन्दै यसको आलोचनासमेत भएको थियो।

‘जब हामी रंगशाला निर्माणको परिकल्पना गरिरहेका थियाैं । हामी रंगशाला खेल प्रयोजनका लागि मात्र नभई त्यसको व्यावसायिक पाटोका बारेमा पनि सोचिरहेका थियौं,’ सामाराका खेलकुदमन्त्री डिमिट्री स्लेयाखातिनले भने, ‘अहिले हामी अब के गर्नेमा अनभिज्ञ छौ।’

क्षेत्रीय अधिकारीहरुले प्रत्येक रंगशाला संरक्षणमा वार्षिक १ करोड डलर लाग्ने बताउदै आइरहेका छन् । संघीय सरकारले रंगशालमा संरक्षण र युवा परियोजनाका लागि २ करोड डलर छुट्याउने बताएको छ । तर त्यो रकम एक वर्षका लागि नभई पाँच वर्षभित्र उपलब्ध गराउने बताएकाले रंगशालमा संरक्षण र युवा परियोजना कसरीसँगै बढ्ने भन्नेमा अन्योल कायमै छ।

 

प्रकाशित: १ श्रावण २०७५ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App