७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज - पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना ९ प ८९८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।रासस

प्रकाशित: १ श्रावण २०७५ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App