माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

शुक्रबार, २४ भदौ २०७३, ११ : २३ नागरिक

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ ।  सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन भएपछि माओवादी केन्द्रको प्रमुख सचेतकको पद खाली रहेको थियो ।

प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डमा संसदीय दलका नेतामा अध्यक्ष दाहाल, उपनेता टोपबहादुर रायमाझी, सचेतक सीता नेपाली, तथा सांसदहरु गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभु साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिवकुमार मण्डल सदस्य रहेका छन्।

बैठकले संसदीय बोर्डको कार्यविभाजनसमेत गरेको छ । बैठकले सांसद बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसैगरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ ।

यस्तै १ नं प्रदेश संयोजकमा शिवकुमार मण्डल, २ मा रामसिंह यादव, ३ मा सन्तु दराई, ४ मा कृष्ण धिताल, ५ मा डोरप्रसाद उपाध्याय, ६ मा महेन्द्रबहादुर शाही र ७ मा हरिलाल ज्ञवालीलाई चयन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता दाहालले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिए। प्रधानमन्त्रीले भने-“तीनवटै निर्वाचन सम्पन्न गरिन्जेलसम्म हामी सरकारमा हुन्छौँ । त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।”

प्रधानमन्त्रीले सरकारले दलीय ध्रुवीकरण घटाएको जानकारी दिँदै भने- “देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो । सरकारले आन्तरिक राष्ट्रिय सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ ।”

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कूटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराएका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad