coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीव्र हावाका कारण ४५ यात्रु रात भर केबलकारमा थुनिए

पेरिस—फ्रान्सको अल्प्स पर्वतमा तीव्र हावाका कारण ४५ यात्रु रातभर केबलकारमा थुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
फ्रान्सका अधिकारीले अल्प्स पर्वतमा केबलकारमा प्राविधिक समस्या आएको र त्यसमा यात्रा गरिरहेका १ सय १० यात्रु मध्य ४५ जना यात्रु रातभर केबलकारमा थुनिएको बताएका छन्।

फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले भनेको छ, ‘अल्प पर्वतको १२ हाजर फिट माथि तीव्र हावाका कारण केबलकारको तार एक आपसमा अल्झिँदा केबलकार रोकियो, हामीले तत्काल उद्धार कार्य सुरु गर्यााैं तर कठिन मौसमका कारण १ सय १० यात्रु मध्य ४५ जना यात्रुको भने उद्धार गर्न सकेनौं त्यसकारण उनीहरु रातभर केबलकारमा रात बिताउन बाध्य भए।’

उनीहरु ६५ यात्रुको भने हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको जनाएका छन्। आन्तरिक मालिमा मन्त्रालयले शुक्रबार बिहान सम्ममा केबलकारमा थुनिएका ४५ जनाको उद्धारकार्य गरिने जनाएको छ । उक्त उद्धारकार्यमा इटाली, फ्रान्स र स्विजरल्याण्डका उद्धारकर्मी लागि परेका छन् ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App