चीनबाट आयात ४२ प्रतिशत घट्यो

मङ्गलबार, ०१ साउन २०७५, ०७ : १३ हिमनाथ देवकोटा

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट यो वर्ष आयात तथा निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७४-७५ मा कृषि तथा वनजन्य सामग्रीको आयात तथा निर्यात घटेको प्लान्ट क्वारेन्टाइन पोस्ट टिमुरेले जनाएको छ।

आयात ४२ प्रतिशत र निर्यात १३.६१ प्रतिशतले घटेको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले बताए । आवको साउनदेखि असारसम्ममा फलफूल, मसलाबाली, तरकारीबाली, खाद्यान्नबाली, तेलबाली, बिउबाली र अन्य सामग्री नेपाल भित्रिएको छ । गत वर्ष आयात २६ प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्यांक छ।

चालु आवमा रसुवागढी नाका भएर एक अर्ब १९ करोड २२ लाख ६६ हजार बराबरको स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मस्रुम, गुन्द्रुक, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिनटीर सुकेको बयर आयात भएको छ।

गत वर्ष ४० हजार दुई सय ९५ मेट्रिक टन सामग्री आयातबाट दुई अर्ब पाँच करोड १२ लाख २७ हजार मूल्य बराबरको सामग्री आयात भएको अधिकृत यादवले बताए । गत वर्षको तुलनामा यो वर्ष स्याउ आयातमा ४५ प्रतिशतले कमी आएको छ।

गतवर्ष एक अर्ब सात करोड ३८ लाख ९३ हजार मूल्य बराबरको २१ हजार सात सय ७८ मेट्रिक टन स्याउ आयात भएकामा यो वर्ष एक अर्ब ९५ करोड २७ लाख ३४ हजार मूल्य बराबरको ३९ हजार ५६ मेट्रिक टन स्याउ आयात भएको छ।

रसुवागढी नाका भएर चीनतर्फ निकासी हुँदै आएको कृषि तथा वनजन्य सामग्री निर्यात घटेको छ । चालु आवमा दुई करोड ९७ लाख ९० हजार बराबरको बाँसको मुडा, अम्रिसोको कुचो, काठको  टेबल र ह्यान्डीक्राफ्ट निर्यात भएको कार्यालयले जनाएको छ।

गतवर्ष तीन करोड ४४ लाख ८६ हजार बराबरको सामग्री निर्यात भएको थियो । कार्यालयका अनुसार कृषिजन्य सामग्री निर्यात नभएको र वनजन्य सामग्री मात्र निर्यात भएकोे छ ।नेपालबाट अम्रिसोको कुचो, मुढा, काठबाट बनेको कप, काटबाट बनेको प्लेट, टेबल, आँखीझ्याल र धुपदानी निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad