८ वैशाख २०८१ शनिबार
राजनीति

केसी बचाउन देउवाको माग

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन्।

डा. केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको भन्दै देउवाले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई वार्तामार्फत माग सम्बोधन गर्न सुझाएका हुन्। ‘सरकार वार्तामार्फत समाधानका लागि गम्भीर देखिएन । यसलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु,’ देउवाले भनेका छन्, ‘चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. केसीसँग वार्ता गरी माग सम्बोधन गर्दै उहाँको जीवनरक्षाका लागि तत्काल अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराउन चाहन्छु।’

आफ्नो नेतृत्व सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यले चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको स्मरण गराउँदै देउवाले माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आमनागरिकको भावना सम्बोधन गर्न आग्रह गरेका छन्। ‘त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हुने मेरो निष्कर्ष छ,’ उनले भनेका छन्, ‘शासन सञ्चालनका क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ।’

प्रकाशित: १ श्रावण २०७५ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App