श्रमिकको पारिश्रमिक सिधै बैंक खातामा

मङ्गलबार, ०१ साउन २०७५, ०७ : ०८ नागरिक

काठमाडौं - सरकारले संस्थागत रूपमा काम गर्ने श्रमिकको तलब सिधै बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयले पेस गरेको श्रमिक र कर्मचारीको पारिश्रमिक एवम् वित्तीय सुविधा बैंक खतामार्पmत भुक्तानी गर्ने प्रस्तावलाई सोमबारको मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो ।

उक्त निर्णय अनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकायमा काम गर्ने श्रमिकको पारिश्रमिक साउन १ गतेदेखि बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने र निजी क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक पुस मसान्तसम्म बैंकमार्फत भुक्तानी गर्नुपर्ने उल्लेख छ।

घरेलु श्रमिकको रूपमा काम गर्नेको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने अवधि भने सरकारले एक वर्ष थप दिएको छ । नेपालमा घरेलु श्रमिक राख्ने व्यक्ति पूर्ण शिक्षित नभएको र त्यस्ता सबै व्यक्तिको आर्थिक हैसियत समेत राम्रो नभएका कारण बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्न थप समय दिइएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

महिनाभरि काम गरेका श्रमिकको पारिश्रमिक नगद र चेकमा लिँदा कामदार ठगिने सम्भावना रहेको भन्दै लामो समयदेखि श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गरिनुपर्ने माग बल्ल पूरा भएको हो । बैंकमार्फत भुक्तानी हुँदा सबै हिसाबकिताब पारदर्शी हुने र कामदार ठगीमा नपर्ने अपेक्षा गरिएको छ।

सरकारी निकायले साउन १ गतदेखि र निजी क्षेत्रले पुस मसान्तभित्र लागू गरिसक्नु पर्ने

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे बैंकमार्फत पारिश्रमिक भुक्तानी हुँदा सम्झौता अनुसार पारिश्रमिक नदिने प्रचलनको अन्त्य हुने बताउँछन् । ‘यो निर्णयपछि सम्झौता अनुसार पारिश्रमिक नपाएको भन्दै गुनासो गर्नेको संख्या घट्ने अपेक्षा गरेको छौं,’ उनले भने, ‘यसको साथै रोजगारदातको वित्तीय अवस्थालाई समेत पारिदर्शी बनाउन सघाउने अपेक्षा गरेका छौं ।’नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ ।

सोही हकको कार्यान्वयन हुन समेत सरकारी÷गैर सरकारी निकायमा काम गर्ने श्रमिकको पारिश्रमिक सिधै बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । केही दिनअघि मात्र मन्त्रालयले विभिन्न ट्रेड युनियन, रोजगारदाताको सहमतिमा मजदुरको महिनाको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । यसअघि मजदुरको न्यूनतम पारिश्रमिक नौ हजार सात रुपैयाँ तोकिएको थियो।

कतिपय रोजगारदाताले मजदुरलाई नगदमा पारिश्रमिक भुक्तानी गर्दा पूरै ज्याला पाउन नसकेको गुनासो व्याप्त थियो । बैंकमार्फत भुक्तानी हुँदा रोजगारदाताले श्रमिकलाई कति रकम उपलब्ध गराएको भन्ने एकिन हुनाको साथै रोजगारदाता कम्पनीको आर्थिक हैसियतसमेत प्रष्ट हुने मन्त्रालयका अधिकारीले अपेक्षा गरेका छन् ।

मन्त्रालयका अनुसार बैंक तथा वित्तीय संस्था पुगेका स्थानमा काम गर्ने मजदुरको पारिश्रमिक रोजगारदाताले साउन १ गतेदेखि नै बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्था नपुगेका स्थानमा काम गर्ने मजदुरको हकमा भने बैंक तथा वित्तीय संस्था पुगेको तीन महिना भित्र पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्नुपर्नेछ ।

नेपालमा करिब एक करोड २५ लाख श्रम गर्ने जनशक्ति रहेपनि २० लाखले नियमित श्रम गरिरहेको बताइन्छ । आंशिक (सातामा ३५ घण्टासम्म काम गर्ने) र आंशिक (महिनामा सात दिनसम्म काम गर्ने) श्रमिकको भुक्तानी भने नगद र चेकमार्फत भुक्तानी गर्न सकिने सहसचिव घिमिरेले बताए।

नयाँ श्रम ऐन अनुसार कामदारको सामाजिक सुरक्षालाई अनिवार्य गरिएको छ । हरेक रोजगारदाताले सञ्चय कोषका लागि १०, उपदानका लागि ८.३३ र सामाजिक सुरक्षा कोषका लागि १.६७ प्रतिशत रकम बेहोर्नुपर्छ । त्यस्तै चाडपर्वको बेला एक महिना बराबरको तलब, वर्षमा १८ दिन नियमित र १२ दिन बिरामी बिदा तथा दुर्घटना बिमा पनि अनिवार्य गरिएको छ । श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० तोक्दा मजदुरको न्यूनतम दैनिक ज्याल पाँच सय १७ र एक घण्टाको पारिश्रमिक ७० रुपैयाँ कायम गरिएको छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad