८ वैशाख २०८१ शनिबार
अर्थ

ज्योति विकास बैंकले हाम्रो विकास बैंक किन्ने

काठमाडौंं – ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंक प्राप्तिका (एक्विजिसन) लागि सम्झौता भएको छ ।

सम्झौतासँगै नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक ज्योति विकास बैंकमा बिलिन हुनेछ । सम्झौतामा ज्योति विकास बैंकका सञ्चालक समिति अध्यक्ष हरिचन्द्र खड्का र हाम्रो विकास बैंकका सञ्चालक समिति अध्यक्ष हरिप्रसादले सम्झौतामा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख छ । हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रहेको विज्ञप्तिमा छ । हाम्रो विकास बैंक प्राप्तिपछि ज्योति विकास बैंकको कुल निक्षेप २०.५० अर्ब, कर्जा रकम करिब १७.५०अर्ब हुने बैंकले जनाएको छ ।

 

प्रकाशित: १ श्रावण २०७५ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App