coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाह्रो भएपछि डा. केसीले बोलाए चिकित्सक

जुम्ला - अनशनरत डा. गोविन्द केसीको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ। आइतबार राति डा. केसीलाई धेरै असहज भएपछि उनले सहयोगका लागि चिकित्सकलाई आग्रह गरेका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको छातीमा पीडा बढेपछि र सास फेर्न गाह्रो भएपछि उनी केही बेर अत्तालिएका थिए।

‘आइतबार रातिदेखि उहाँको अवस्था धेरै गम्भीर बनेको छ’, उनका सहयोगी विशद दाहालले भने, ‘उहाँलाई राति असह्य पीडा भएपछि आफैंले चिकित्सकको सहयोग माग्नुभयो।’ चिकित्सकका अनुसार डा. केसीको मुटुमा जटिल समस्या उत्पन्न भएको छ । मुटुको चाल निकै बढेको र यसो हुनु मानवस्वास्थ्यका लागि निकै खतराजनक हुने चिकित्सकले बताएका छन्। उनीहरुका अनुसार मुटुको चाल अस्थिर हुँदा जुनसुकै बेला मुटु बन्द हुन सक्ने खतरा हुन्छ।

डा. केसीको घाँटीमा पनि संक्रमण देखिएको छ, हात पनि सुन्निएको छ। नशाको संक्रमणका कारण हात सुन्निएको चिकित्सकले बताएका छन् । डा. केसीको स्वास्थ्यअवस्था जटिल बन्दै गएका कारण उनलाई जुनसुकै बेला आइसियू आवश्यक पर्ने देखिन्छ तर उनी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सुविधा सुविधा छैन।

प्रकाशित: १ श्रावण २०७५ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App