coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

रसुवा – रसुवामा रहेका स्वास्थ्य संस्था सोमबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। 

यसअघि जिल्ला स्वास्थ्य कार्यालय मातहतमा रहेका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सरकारी नीतिअनुरुप जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य इकाईमध्ये पाँच वटा इकाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. गुणनिधि शर्माले बताए । ‘जिल्लामा २५ वटा स्वास्थ्य संस्था छन्,’ डा. शर्माले भने, ‘दुई वटा गाउँपालिकाले नै सञ्चालन गरेको कारण हस्तान्तरण गर्नु नपरेको हो ।’
जिल्लाको नौकुण्ड गाउँपालिकाले स्वास्थ्य सेवा नपुगेको क्षेत्रमा इकाई सञ्चालनमा ल्याएको थियो । गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाका अनुसार जनसङ्ख्याको हिसाबले ठूलो रहेका गाउँबस्तीमा स्वास्थ्य चौकी नहुँदा समस्या आएपछि गाउँपालिकाको सरमथली र सस्र्युमा इकाई सञ्चालनमा ल्याइएको हो।

गोसाईकुण्डलाई छ वटा स्वास्थ्यचौकी, आमाछोदिङ्मोलाई चार वटा स्वास्थ्यचौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई, कालिकालाई एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्यचौकी र दुई वटा सामुदायिक स्वाथ्य इकाइ, नौकुण्डलाई तीन वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाई तथा उत्तरगयालाई तीन वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वाथ्य इकाइ हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । 

 

प्रकाशित: ३२ असार २०७५ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App