युवा आदर्श र गुटले निम्त्याउने संकट

शुक्रबार, २४ भदौ २०७३, १० : ४८ नरेन्द्रजंग पिटर

जुन बेला गगन थापाहरु सडकमा गणतन्त्रका नारा घन्काउँदा आफ्नै नेतृत्वको खप्की खाँदै थिए, त्यसैबेला हिमाल शर्माहरु भैरवनाथ सैनिक ब्यारेकमा जीवन÷मृत्युको लडाइँ लडिरेहका थिए । यी दुवै युवा नेताका पार्टी र युद्धमोर्चा फरक थिए । कांग्रेसभित्रैबाट गणतान्त्रिक युवा हुंकार निकाल्नु थापाहरुलाई चुनौती थियो भने हिमालहरुलाई आस्था सुरक्षित राख्दै सार्वजनिक जीवनमा फर्कनु चानचुने विषय नै थिएन ।

मन्त्रीको सपथ खानेबित्तिकै कार्यभार सम्हाल्नुपूर्व थापाको कांग्रेस सिटौला गुटका मुखिया कृष्ण सिटौलाको टीका थाप्न पुग्नु, शर्माहरु मन्त्रीका पिए बन्नु, एमाले नेता शंकर पोखरेलको नश्लवादी विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा छताछुल्ल भएर सार्वजनिक विरोध बढेपछि पोखरेल स्वयमले हटाए तापनि त्यसलाई रक्षा गर्न एमाले युवा पंक्तिका नेता रवीन्द्र अधिकारीहरुले मोर्चा सम्हाल्नुले हाम्रा युवाहरुको सोच र राजनीतिक संस्कृति के र कसो हो भन्ने विषय बहसमा उठेको छ ।

हाम्रा राजनीतिक व्यवस्था त फेरिए, के हामीले राजनीतिक संस्कृति फेर्न त सक्यौँ त ? भन्ने पनि हो । सैद्धान्तिकरूपमा समकालीन नेपाली राजनीतिका तीनैजना युवा नेताहरुको विश्व दृष्टिकोण फराकिलो छ, युवा चिन्तनका प्रतिनिधि पात्र पनि हुन् तर यस्ता चरित्रनायक युवाहरु किन स्वविवेक प्रयोग भने गर्दैनन् ? गुट वा पार्टीको फुर्को समातेर आग्रही चेतमा बहन्छन् वा आलोचनात्मक चेत राख्क्दैनन् ?

कम्युनिस्ट साहित्यमा अत्यन्तै एउटा आदर्श कथन छ– पार्टीले दिएको जस्तोसुकै आदेश पूरा गर्न जुनसुकै भूमिकामा पनि जिम्मेवारी लिनुपर्छ । चाहे सुंगुरको खोरमा फोहोर सफा गर्ने काम होस् या युद्धको अग्रभाग एसाल्ट ग्रुपमा पड्कने भूमिका । हाँस्दै जिम्मेवारी लिनुपर्छ भन्ने हो । जनयुद्धका बेला जति खतरा, दुःख कष्टको जिम्मेवारी पार्टीले दिन्छ, त्यत्तिकै आफूलाई योग्य र भरोसाका कार्यकर्ता सोचिन्थ्यो ।

त्यागको अर्थ नै दुःख उठाउने भूमिका पाउनु हुन्थ्यो । अहिले भने समयका साथसाथै हरेक राजनीतिक पार्टीमा योग्यताका अर्थ पनि फेरिए भने विद्रोही हुँकारहरु औकातको आरक्षणकर्ता बन्न पुगे । के त्यस्तै भूमिका शर्मालाई पार्टीले दिएको हो त ? शर्माको पिए बन्नमा र अधिकारीको पोखरेलको बचाउमा आफ्नै चेत प्रयोग गरे त ?  

मन्त्रीको चयन जब पार्टीका छनोटभन्दा गुटको आरक्षणमा हुन्छ भने गुटले तय गरेकाले संविधान र प्रधान मन्त्रीप्रति ऊ उत्तरदायित्व नभई गुटको हितअनुसार चल्न विवश बन्छ । कार्यभार सम्हाल्नुपूर्व नै थापाले सिटौलाको टीका ग्रहण र शर्माहरु भूगोलको संगठनात्मक कार्यकारी नेतृत्व छाडेर पिए बन्दा युवाहरुमा प्रश्न उठे । अझ माओवादी विद्यार्थी नेताहरु कार्यकारी राजनीति छाडेर पिए बन्न जाँदा अखिल (क्रान्तिकारी) पिए उत्पादन गर्ने कारखाना हो भन्ने सन्देश गयो । पार्टीले खटाएपछि जे-जस्तो भूमिका पनि तर्कबिहीन स्वीकार्ने मान्यता कम्युनिस्टमा हुन्छ ।

के शर्माहरुको भूमिका भावी नेतृत्व विकासको पार्टीको अभ्यास हो ? उनका समकालीन र प्रतिस्पर्धी भिन्न विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व मूल पार्टीमा नेतृत्व वा मन्त्री बन्दा के र कुन त्यस्तो तत्व थियो जसले उनलाई एउटा पिए बन्न विवश गरायो वा उनी स्वयम्को कुनै ग्रन्थी रसायो ?
थापा, अधिकारी र शर्माहरुलाई युगका चरित्रनायक र आदर्श बनाउने ठूलो पंक्ति थियो र छ । त्यो विश्वासप्रतिको न्याय उनीहरु अहिले गर्दैछन् त ? आखिर युवाहरुले के÷कस्तो राजनीतिक चरित्र र अभ्यासलाई आदर्श प्रतीक बनाउने ? केलाई पछ्याउने ? अब फेरि बहस चल्नु आवश्यक छ, युवाहरुको राजनीतिक आन्तरिक चालक शक्ति के हो त ?

जुन तरिकाले देशमा राजनीतिक अभ्यास हुँदैछ, जेलाई आदर्श मान्यता सोचिँदैछ, युवाहरु स्वयम्को क्षमताभन्दा गुटको फुर्को समातेर जे पाइन्छ, मौका नछाडौँ भनेर जे÷जसो पनि गरिहालौँ भन्ने मानसिकता राख्ने हो भने हिजोको गरिमा  के आजको आरक्षणको लगानी थियो त भन्ने अवस्था आएको छ । त्यसले समग्र राजनीतिक संस्कृतिलाई कुन दिशातर्फ डो¥याउँछ ? के गुटमा नलागे वा गुटियारको गलत पक्षको समर्थन नगरे राजनीतिक सुरक्षा नै हुँदैन त ? अथवा त्यस प्रवृत्तिविरुद्धको सोचको अगुवाइ गर्ने युवा नेतृत्वसँग अब हैसियत नै सकिएको हो त ? अझ हाम्रो युगको चरित्र नायक को हो ? युवाहरुले कस्तो राजनीतिक आदर्श पछ्याएका छन् र विचारलाई आन्दोलनमा फेर्न के÷कसो चुनौती झेल्न तयार छन् त भन्ने हुन्छ ।   
कुनै पनि राजनीतिक संगठन, त्यसको नेतृत्व र उसको आचरण, मान्यता, ऐतिहासिक पृष्ठभूमि, भावी लक्ष्य, नैतिक बल के हो ? कसो हो ? भनेर जनताले सरल र सिधा भाषामा बुभ्mने भनेकै युवा कार्यकर्ता र पार्टी कमिटी के÷कस्ता छन् भनेर हेर्ने हो । आलोचनात्मक चेतले पार्टीलाई जीवन्तमात्र बनाउँदैन, सिर्जनात्मक पनि बनाउँछ ।

हरेक कमिटी विचार निर्माणको बहसमा भाग लिन्छन् भने निर्णयको स्वामित्व पनि लिन नैतिक बाध्यता हुन्छ । के त्यसको नैतिक दबाब दिने हैसियतमा आजका युवाको सोच, सक्रियता र भूमिकामा युवाहरु छन् भन्ने पनि हो । आखिर युवा किन राजनीतिमा लाग्ने ? केलाई आदर्श बनाउने ? कसलाई प्रेरणा स्रोत बनाउने ? आखिर राजनीति भनेको जोगी बन्न स्वीकारिएको हैन भनेर सुविधाअनुसारको सिद्धान्त कथ्नेहरुलाई यो शीर्षक त बन्दैन् ।

हरेक राजनीति उसको संगठनमा अनुवादिन्छ भने संगठनले समय, समाज र संस्कृतिमा हस्तक्षेप गर्दै पार्टीको विचार, उद्देश्य, मार्गचित्रलाई जनमत तयार गर्ने शक्ति निमार्णका साथै फेर्ने ज्यावल पनि बन्ने गर्छ । त्यसको केन्द्रीय अभिव्यक्ति भने चरित्र नायकका रूपमा नेता बनेर देखा पर्छन् । यसै आँखीझ्यालबाट अहिलेका नेपाली राजनीतिक पार्टीहरुलाई नियाल्दा युवाहरु गुटमै रमाउने अथवा ऐतिहासिक गरिमा धान्न नसक्दाको अवस्था के हुने ?     
जब पार्टी र आन्दोलनमा विचार, राजनीति र तर्कले काम गर्न छाड्छ तब राजनीतिक सुरक्षाका लागि पनि गुट जन्मन्छन्÷जन्माइन्छ, तब समग्र पार्टी क्लबमा फेरिन्छ । अहिले राजनीतिक व्यवस्थाको फेरबदल भए पनि राजनीतिक संस्कृति भने सामन्ती चरित्रको नै छ । त्यसैको असर युवा आन्दोलन र नेतृत्व, कर्मचारीतन्त्र, मिडिया र बुद्धिजीवीहरुमा आस र त्रासको फैलिँदा मौलिक चरित्रमा टिक्न नसक्नु हो । त्यसैले अहिले पनि तहगत नेताहरु आफूलाई मालिक र भाग्यविधाता सोच्छन् भने कार्यकर्ता कमैया ।

यो अवस्था सिर्जना हुनुमा वास्तविक नेतृत्वमा भने वैधानिकता गुमेको मानक हो । जब नेतृत्व आफ्नै सुरक्षाका लागि गुट जन्माउन पुग्छ, त्यही गुटियारहरुमार्फत अन्य गुटको उछित्तो काढ्ने, आक्रमण गर्ने वा आफ्नो सुरक्षा ढाल बनाउने हो भने युवा आन्दोलनको मात्रै हैन, देशकै राजनीतिकै अवस्था राम्रो होला भन्ने कल्पनै गर्न सकिँदैन । अहिले सामाजिक सञ्जालहरुमा देखिएका राजनीतिक अश्लीलता र अनलाइन मिडियामा देखिएका गुटका चाकरी, विपक्षको हुर्मत कडाइले आउने परिस्थतिको संकेत भनेको वास्तविक नेतृत्वकै र संगठन संकटमा छ र नेताहरुको विश्वसनीयता गुमेपछि हरेक पार्टीमा गुट सिर्जना हुन्छन् ।
 

गुटमा फेरिएका पार्टीका समस्या

१) पार्टीमा बहुकेन्द्र हुन्छ ।     

२) अनुशासन कायम अर्थात दण्ड र पुरस्कारको व्यवस्थापन हुनै सक्दैन ।
३) नेता र कार्यकर्ताको योग्यताको कसी भनेको गुटियारहरुको को÷कति नजिक छ भन्ने हुन्छ । योग्यताका मानक नेताको चाकरी, चाप्लुसी र गुटको अन्धभक्त बन्छ । त्यसले पार्टीका सिद्धान्त, आदर्श र घोषणापत्रको कुनै वास्ता राख्दैन् । ऊर्जाशील नेतृत्व विकासभन्दा गणेशप्रवृत्ति हावी हुन पुग्छ । त्यसले जनतामा अपिल गर्ने र जनविश्वास पाउने सामाजिक नेता÷कार्यकर्ताको अभाव हुन्छ । त्यस्तो पार्टीमा शारीरिकरूपमा युवा भए पनि राजनीतिक हैसियत भने राख्दैन् ।

४) दृष्टिकोण र आचरण निर्माणको हकमा देशको, युगको, पार्टीको, आन्दोलनको आँखीझ्यालबाट कुनै पनि विषयवस्तुलाई हेर्ने मौलिक चरित्र विकास हुँदैन् । त्यसले सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्ने आत्मबल नेता÷कार्यकर्तामा हुँदैन् । परिणाम के हुन्छ भने राजनीति भनेको एउटा व्यवसाय बनेर कला भनेको नेताको चाकडी बजाउने, गुटको फुर्को समात्ने परिभाषित गरिन्छ ।

५) सरकारी पदमा गुटको छिनाझप्टी हुन्छ, वफादारिता भने गुटमुखियाप्रति नै हुन्छ । नेविसंघको चुनाव र मन्त्री सिफारिस हेर्दा कांग्रेसमा स्पष्ट तीन गुट देखिए पनि गुट र उपगुट जोड्दा ६ देखा परे । एमालेमा दुई गुट अभ्यासरत् नै छन् । माओवादी केन्द्रमा पनि स्पष्ट तीन गुट देखिन्छन् । त्यसको असर मन्त्री चयन, सरकारी नियुक्तिका भागबन्डामा देखियो । पार्टी गुटको महाक्लब बन्न पुग्दा गुटहरुको प्रतिस्पर्धाले सिद्धान्त, लक्ष्य र पार्टीको मार्गचित्रमा बहस केन्द्रित हुँदैन, संख्यामा ध्यानकेन्द्रित हुँदा जम्बो कमिटी बन्न पुग्छ । डा.बाबुरामको नयाँ शक्तिलगायत क्लब बनेका माओवादी घटक यसबाट सबै पीडित छन् ।
६) पार्टीको स्वरूप या त जम्बो कमिटी या गुट क्लब बन्न पुग्दा चुस्त, दुरुस्त र कार्यकारी बन्नै सक्दैन ।

 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad