coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशसभाले पूर्णता पायो

बुटवल -  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो।

उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएकी हुन् । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराएका हुन्।

प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भए पनि विवाद भएपछि पन्तलाई राजीनामा दिन लगाएर राजपाले पाण्डेको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले पाण्डेलाई केही दिनअघि मात्रै निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।अर्घाखाँची छत्रदेव गाउँपालिकाकी पाण्डे राजपाको समानुपातिकतर्फ समावेशी कोटामा दोस्रो नम्बरमा थिइन्।

 

प्रकाशित: ३२ असार २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App