coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी समकक्षी पुटिनसँगकाे भेटवार्ताका लागि ट्रम्प फिनल्यान्डमा

तस्बिर : एजेन्सी

हेल्सिन्की - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षाी  भ्लादिमिर पुटिनलार्इ भेट्नका लागि फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन् ।  

सन् २०१६ मा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक रुसी समकक्षीसँग हुन लागेको शिखर बैठकमा आफ्नो अपेक्षा अत्यन्तै कम रहेको ट्रम्पले बताएका छन् ।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला डेमोक्र्याट्स उम्मेदवारको विवरण ह्याक गरेको अभियोगमा १२ जना रुसी गुप्तर अधिकारीविरुद्ध मुद्दा चलाइएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पहिलो पटक शिखर बैठक हुन लागेकाे हाे ।

 सन् १९९१ मा सोभियत संघको पतनपछि अमेरिका र रुसबीच बढ्दो तनावका बीच हुन लागेको ट्रम्प–पुटिन शिखर बैठकमा अमेरिका र रुसबीच महत्वपूर्ण सम्झौता भयो भने त्यसले अमेरिकासँगको गठबन्धन वेवास्तामा पर्ने डर युरोपेली गठबन्धनभित्र रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले साेमबार बेलुकासम्म उनका रूसी समकक्षी पुटिनसँग भेटवार्ता गरिसक्ने एजेन्सीहरूले उल्लेख गरेका छन् ।

प्रकाशित: ३२ असार २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App