महिलालाई सताउने रक्तअल्पता

सोमबार, ३२ असार २०७५, ११ : ०४ पवित्रा सुनार

महिलाको जीवनकालमा कुनै न कुनै बेला सताउने समस्या हो रक्तअल्पता । यो समस्यामा बर्सेनि महिलाले जोखिमपूर्ण जीवन बिताइरहेका छन् नै । रक्तअल्पताकै कारण कतिको मृत्यु समेत हुने गरेको छ । नेपालमा रक्तअल्पता समस्या यथावत रहेको कारण महिलाको स्वास्थ्य र सरकारको जनस्वास्थ्य लक्ष्य चुनौती बनिरहेको विज्ञहरु औंल्याउँछन् ।  

के हो रक्तअल्पताको समस्या ? 

– शरीरमा भएको रातो रक्तकोष दिसाबाट, नाकबाट, महिनावारी, प्रसूति या आन्द्राबाट बग्दा, ठूलो घाउचोट लाग्दा अन्य भागबाट बगेर जाँदा शरीरमा रक्तकोषको कमी हुने समस्या हो रक्तअल्पता । त्योबाहेक धेरै पटक गर्भपतन भएमा, प्रसूतिको क्रममा बगेको रगत पूर्ति नहुँदा रक्तअल्पता हुन्छ । यसको समयमै निदान भएन भने यसको जटिलता बढ्दै जान्छ । सिभिल अस्पतालका हेमाटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठका अनुसार रक्तअल्पता भएमा महिलाहरुमा थकाइ लाग्ने, डिपे्रसन हुने, हातखुट्टा सुन्निने, अनुहार फुस्रो हुने जस्ता लक्षण देखिन्छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सामान्य व्यक्तिका लागि पुरुषमा १४ र महिलामा १३ प्वाइन्ट हेमोग्लोविनको मात्रा हुनु पर्छ । 

नेपाल जस्तो विकासोन्मुख देशको हकमा भने पुरुषमा १३ र महिलामा १२ प्वाइन्ट हेमोग्लोविनको मात्रा हुनुपर्छ । महिलामा ५ प्वाइन्ट भन्दा कम भएमा यो जटिल एनिमियाँ हो । यसको उपचारमा तुरुन्तै रगत दिने तथा रगतका अन्य तत्वहरु पूर्ति गरी उपचार गरिन्छ । जटिल एनिमियाँ भएमा शरिर सुन्निने, मुटु काँप्ने, थकाइ लाग्नेलगायतका जस्ता लक्षण देखा पर्छ । 

महिलाहरुको उपचार गर्ने केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृहमा कति जना र कुन समूहमा रक्तअल्पता छ भन्ने बारेमा यकिन तथ्यांक छैन । तर किशोरीदेखि प्रजनन् उमेर समूहका सबै महिलामा रक्तअल्पताको समस्या रहेको चिकित्सकले बताएका छन् । रगतको उपचार हुने सिभिल अस्पतालमा प्रतिदिन १७ जना रक्तअल्पता भएका महिला उपचारका लागि आउँछन् । यो हिसाबले मासिक ५ सय १० जना रक्तअल्पताका बिरामी आउँछन् । यो अस्पतालमा प्रतिदिन तीनजना रक्तअल्पता भएका किशोरी आउँछन् । 

नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रजनन् उमेर समूहका महिलामा ४०.८० प्रतिशत रक्तअल्पताको समस्या छ । त्यसैगरी गर्भवती महिलाहरुमा ४६.० प्रतिशतमा रक्तअल्पता देखिन्छ । जसमा ३४ प्रतिशत लामो समयदेखि रक्तअल्पता भएका महिला थिए । पाका उमेर समूहमा ७ प्रतिशतमा रक्तअल्पता छ । 

यीमध्ये तीन महिना आइरन चक्की खानेहरुको संख्या ७०.९ छ ।  सन् २०११ मा ३५ प्रतिशत महिलामा रक्तअल्पता थियो ।  अहिले पनि प्रजनन् उमेर समूहका ४० प्रतिशतभन्दा बढी महिलाहरु रक्तअल्पताको शिकार भएका छन् । ‘चालिस प्रतिशतभन्दा बढी संख्या हुनु भनेको महिलाहरुको ठूलो संख्या स्वास्थ्य जोखिममा हुनु हो’बाल स्वास्थ्य महाशाखा पोषण शाखाका प्रमुख राजकुमार पोख्रेलले भने । 

प्रमुख पोख्रेलका अनुसार सरकारले रक्तअल्पताको क्षेत्रमा हासिल गर्न खोजेको लक्ष्य अहिलेसम्म पूरा गर्नकै लागि चुनौती बनेको छ । विशेष गरी ग्रामीण क्षेत्रका महिलामा जनचेतनाको कमी हुनु ,कतिपय विकट जिल्लामा पोषणयुक्त खानाको कमी हुनु र दिएको आइरन चक्की नियमित नखाइदिनाले कार्यक्रमको समयअनुसार लक्ष्य प्राप्ति हुन नसकेको हो । ‘सरकारले  स्थानीय प्रत्येक स्वास्थ्य संस्थामार्फत निःशुल्क आइरन चक्की वितरण गर्दै आएको छ तर प्रयोग राम्रोसँग भएको छैन,’ पोख्रेलले भने । 

महिला तथा रगत उपचारका केन्द्रीय अस्पतालहरुले  सहरको तुलनामा गाउँका महिलामा रक्तअल्पता बढी पाइएको जनाएका छन् । ‘रक्तअल्पता गाउँबाट आउने महिलामा देखिन्छ,’ प्रसूति गृहका सहायक निर्देशक डा. गेहनाथ बरालले भने । ‘गाउँकै महिलामा यो समस्या बढी देखिन्छ,’ सिभिल अस्पतालका हेमाटोलोजिष्ट डा. पे्रमराज श्रेष्ठले भने । विभिन्न उमेर र अवस्था अनुसार रक्तअल्पता फरक–फरक हुन्छ । डा. बरालका अनुसार केन्द्रीय प्रसूति अस्पतालमा रक्तअल्पता भएर आउनेहरुमा राजधानी नजिकका गाउँहरु ललितपुर, भक्तपुर, काभ्रे, धादिङ छन् । 

विज्ञका अनुसार गाउँमा पनि विपन्न परिवारका अशिक्षित महिलाहरुमा यो समस्या बढी छ । कतिपय बिकट गाउँका महिलामा गर्भावस्था र प्रसूतिपछि पोषणयुक्त खानाको अभावमा रक्तअल्पता हुन्छ भने कतिपयलाई भएकै खाने कुराहरु मिलाएर खान नजान्नु, स्वास्थ्य संस्थाले दिएको आइरन चक्की नियमित रूपमा नखाने पवृत्तिले पनि ग्रामीण महिलामा रक्तअल्पताको समस्या कायमै रहेको हो । 

‘सरकारले आइरन चक्की दिएको हुन्छ, कसैले व्यस्त भएर, कतिलाई परिवारको सहयोग नपाएर पूरा मात्रा खाएका हुँदैनन्,’ पोषण शाखाका प्रमुख पोख्रेलले भने । चिकित्सकका अनुुसार ग्रामीण भेगका महिलाले बढी मात्रामा प्रयोग गर्दै आइरहेको हर्मोनयुक्त परिवारनियोजनका साधनहरु रक्तअल्पताका कारण बनेका छन्। हर्मोनका कारण महिनावारी गडबडी भई रक्तश्राव हुँदा रक्तअल्पता भएको देखिन्छ,’ प्रसूति गृहका डा.बरालले भने। 

(क) किशोरी अवस्थामा हुने रक्तअल्पता 

– पोषणको अभाव, महिनावारीमा हुने गडबडी र वंशाणुगत कारणले लाग्ने रगतका विभिन्न रोगको कारणले किशोरी उमेरमा रक्तअल्पता हुन्छ । नेपालमा किशोरी उमेरमा हुने रक्तअल्पता पनि उल्लेख्य छ । हर्मोनमा आउने परिवर्तनले महिनावारीमा गडबडी आउने र महिनावारीको गडबडीले बढी मात्रामा रक्तश्राव हुने, रक्तश्राव भएपछिको पोषण तŒव नपुगेर पनि रक्तअल्पता हुन्छ । 

सिकलसेल, ल्युकिमियाँ, थालसीमियाँ जस्ता वंशाणुगत तथा विशेष रोगको कारण पनि किशोरीहरुमा रक्तअल्पता हुन्छ । बोनम्यारोमा समस्या आएमा, सिकलसेल तथा थाल्सिमियाँ भएमा किशोरीमा रक्तअल्पता हुन्छ । 

केही चिकित्सक किशोरीहरुमा एनिमियाँ बढ्नुको कारण महिनावारीमा रगत बगेर रक्तअल्पता हुन्छ । ‘महिनावारीमा तीन दिनमा सकिने महिनावारी सात/आठ दिन लम्बियो भने । रक्तकोषिकासँगै आइरनको तत्व बगेर जान्छ,’ डा. पे्रमराज श्रेष्ठले भने । उनका अनुसार मुख्य किशोरी अवस्थामा सन्तुलित आहार पुगेन भने रक्तअल्पता हुन्छ । 

(ख) गर्भ अवस्थामा हुने रक्तअल्पता 

यो रक्तअल्पता गर्भ रहेको चार महिनापछि देखिन्छ । एउटा पहिल्यै रक्तअल्पता भएको खण्डमा । अर्को गर्भमा रहेको शिशुलाई आवश्यक पर्ने सबै तत्व आमाको शरीरबाट लिए जस्तै रगत पनि आमाको शरीरबाटै लिन्छन् । त्यस्तो बेला आमालाई कम गराएर भए पनि शिशुले लिन्छन् । त्यो कारण धेरै महिलालाई रक्तअल्पता हुन्छ । अर्को कारण हो गर्भावस्थामा पहिलेको भन्दा दोब्बर पोषक तत्व आवश्यक पर्छ । त्यो खाना पूर्णरूपमा नखाएमा पनि गर्भवती महिलालाई रक्तअल्पता हुन्छ । यसका लागि नेपाल सरकारले स्थानीय स्वास्थ्य संस्थाबाटै आइरन चक्की वितरण गर्दै आएको छ । 

(ग) प्रसूतिपछि हुने रक्तअल्पता 

प्रसूति हुने क्रममा महिलाको धेरै रगत बगेको हुन्छ । आवश्यक भन्दा बढी रगत बगेको कारण सुत्केरीहरु सुन्निने, अनुहार फुल्ने गर्छ । बगेर गएको रगत पूर्ति गर्न आवश्यक मात्रा पोषिलो खाना पुगेन भने पछि गएर रक्तअल्पता हुन्छ । यो पुर्ति गर्नका लागि नेपाल सरकारले स्थानीय स्वास्थ्य संस्थामार्फत निशुल्कः आइरन चक्की वितरण गरिरहेको छ भने केन्द्रीय अस्पतालका विशेषज्ञहरुले निश्चित समयसम्म खानका लागि निर्देशन दिने गरेका छन्। 

(घ) प्रजनन् उमेर समूहमा हुने रक्तअल्पता 

प्रजनन् उमेर समूहका महिलामा हर्मोनको कारण महिनावारी गडबडी हुने, सुत्केरी हुँदा गर्भपतनको क्रममा बगेर गएको रगत पूर्ति नहुँदा र सन्तुलित भोजनको अभावमा पनि रक्तअल्पता हुन्छ । प्रजनन् उमेर समूहका महिलाले परिवार नियोजनका अस्थायी साधनहरु तीनमहिने सुई, डिपो, नरपलान्टजस्ता हर्मोनजन्य साधनहरुको प्रयोगले रक्तअल्पता हुने गरेको देखिन्छ । हर्मोनजन्य नियोजनका साधनले महिलामा महिनावारीमा बढी रक्तश्राव भई रक्तअल्पता हुने गर्छ । कतिपय महिलामा पटक–पटक गर्भपतन गरेको कारण पनि रगत बग्नाले रक्तअल्पता हुने गरेको छ । यो समूहमा कतिपय अविवाहित किशोरीहरु पर्ने गरेको चिकित्सक बताउँछन् । 

रक्तअल्पताको उपचार 

– चिकित्सकका अनुसार महिलामा महिनावारी गडबडी, गर्भावस्था र प्रसूतिको कारण रगतसँगै शरीरको रातो रक्त कोष बगेर जाँदा रक्तअल्पता हुन्छ । यसको अभाव सकेसम्म खाने कुराबाट पुर्ति गर्न सक्नु पर्छ । खाने कुराबाट पूर्ति हुन ढिला हुने या अपुग हुने अवस्थामा आइरन चक्की चिकित्सकको निर्देशनबमोजिम खानुपर्छ । आइरन चक्की खाँदा एक दिन बिराएर खाना खानुभन्दा आधा घण्टा अघि खाएमा प्रभावकारी हुने चिकित्सक सुझाउँछन् । दैनिक आइरन चक्की खाँदा आन्द्रामा जम्मा भएर बस्ने हुनाले एक दिन बिराएर खानु उचित मानिन्छ । आइरन चक्कीले रक्तअल्पता घट्दै गएमा यसको मात्रा घटाउँदै जानु पर्छ । 

यसको साथै खानामा नियमितरूपमा खनिजयुक्त खाना, गेडागुडी, प्रशस्त सागसब्जी, फलफूल, अण्डा, माछा, मासु, सबै किसिमको गेडागुडी मिश्रिम सुप, दाल या सर्वोत्तम पिठोको परिकार बनाएर खाने, आइरन पाइने खानाहरु सागसब्जी, कोदोको पिठो, चुकन्दर, अनारलगायतका फलफूल समावेश गर्नुपर्छ । प्रसूति गृहका सहायक निर्देशक बराल भन्छन्, ‘मुख्य त सबै खानाहरु मिलाएर खाएमा रक्तअल्पताको जोखिम कम हुन्छ । 

यी खानाहरु खाएर पनि रक्तअल्पता रहिरह्यो भने विशेषज्ञ चिकित्सक कहाँ गएर शरीरको कुन अंगबाट रगत बगेको छ भन्ने कुरा पत्ता लगाएर उपचार गर्नुपर्ने चिकित्सक सुझाउँछन् ।  रक्तअल्पता सबै चिकित्सकले उपचार गर्न सक्छन् । सामान्य सुरुको अवस्थामा आइरन चक्की दिएर उपचार गर्छन् । आइरन चक्कीले भएन भने हेमाटोलोजी विशेषज्ञकहाँ जानु पर्छ । उनीहरुले रगतमा कुन मात्राको कमी के कारणले भएको छ भन्ने पत्ता लगाएर उपचार गर्छन्।

सामान्य तया स्त्रीरोग विशेषज्ञले नै पहिलो चरणमा रक्तअल्पताको उपचार गर्छन् । रक्तअल्पताको कारण उनीहरुको क्षेत्रभित्र छैन भने हेमाटोलोजिष्ट चिकित्सक कहाँ उपचार गर्छन् । नेपालमा यसको उपचार वीर अस्पताल, टिचिङ र विशेष गरी सिभिल अस्पतालमा उच्च तहको उपचार हुन्छ । रगतका जटिल रोगहरु ल्युकिमियाँ, थालसीमियाँ, रक्तअल्पता, रगतको क्यान्सर लगायतका रोगको उपचार नेपालमा हुन्छ । विगत तीन वर्षदेखि सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुँदै आएको छ । 

किशोरी अवस्थामा हुन सक्ने समस्यालाई लिएर सरकारले देशभरका विभिन्न स्वास्थ्य संस्थामा किशोर–किशोरी क्लिनिक स्थापना गरेको छ । काठमाडौंमा प्रसूति गृहमा यो क्लिनिकबाट किशोरीहरुले सेवा लिइरहेका छ्न । नेपाल सरकारले किशोरी क्लिनिकको पहुँच देशभर विस्तार गर्न नसकेको प्रसूति गृहका सहायक निर्देशक बरालको आरोप छ । उनी भन्छन्, ‘सरकारले सबै किशोरीलाई उपचारमा समेट्न सकेको छैन,’ उनले भने । किशोरीहरुमा महिनावारी गडबडी भएमा हर्मोनको औषधीबाट उपचार गरिन्छ । 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad