coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

काठमाडौं– आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘रोमियो एन्ड मुना’ले चन्द्रागिरी हिल्समा फिल्मको प्रमोसन कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरीमा फिल्मका ‘रोमियो’ अर्थात नायक विनय श्रेष्ठ र ‘मुना’ अर्थात नायिका सृष्टि श्रेष्ठ, निर्माता प्रसन्न गोपाली र निर्देशक नरेशकुमार केसीले प्रमोसन गरेका थिए।

फिल्म युनिटलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । उनले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल हुने बताउँदै चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने बताए । फिल्मको टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो।

फिल्म ‘डाइङ क्यान्डल’बाट प्रशंसा पाएका निर्देशक केसीले अहिलेको फिल्म निकै मेहनतका साथ बनाएको बताए । निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे । ‘हामी राजधानीबाहिर गएर पनि फिल्मको प्रोमोसन गर्नेछौं,’ उनले भने।

फिल्ममा विनय र सृष्टिका अलावा सुष्मा कार्की, सुरक्षा पन्तको पनि अभिनय रहेको छ । ‘गाजलु’बाट डेब्यु गरेकी सृष्टिको यो दोस्रो फिल्म हो । फिल्ममा सृष्टिले डच चित्रकार भिन्सेन्ट भान गगको प्रशंसकको भूमिका निर्वाह गरेकी छिन् । भाग गगलाई समर्पण गर्दै तयार गरिएको सुक्मित गुरुङको ‘पल पल’गीतले खुबै चर्चा पाएको थियो।
 

प्रकाशित: ३२ असार २०७५ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App