८ वैशाख २०८१ शनिबार
अन्य

मेहेन्दीको मौसम

सिराहका कम्लेस ठाकुरले मेहेन्दीको थरी थरीका डिजाइन बनाउने काम गर्छन् । २०५८ सालमा काठमाडाैंका सडकको पेटिमा बसेर मेहेन्दी लगाउने उनी अहिले मेहेन्दी डिजाइनका बादशाह नै भएका छन् ।

कलात्मक ढंगले मेहेन्दीको डिजाइन् हातमा बनाउनु कम्लेसको दैनिकी नै हो । कम्लेसले भारतमा गएर मेहेन्दीको डिजाइन बनाउन सिकेका हुन् । उनी भन्छन्,‘ सुरुमा काठ्मान्डौमा मेहेन्दी लगाउने पचलन थिएन्, बाटोमा मेहेन्दी लगाउन बस्थे, बाटोमा हिडेका महिलालाई बोलाएर मेहेन्दी लगाइन्दिन्थे ।’ हातमा कला भए पनि बाच्न निकै गाह्रो भएको अवस्थामा पनि कम्लेसले भने हार मानेन् । चार छोरीका बाबु कम्लेसले बिस्तारै मेहेन्दीको चासो बढेपछि काममा व्यस्त हुन थाले।

काठमाडाैं  गल्लीमा मेहेन्दी लगाइदिदा अहिले जस्तो बिभिन्न ब्रान्डका मेहेन्दी नपाइने उनी बताउछन् । उनी भन्छन्, ‘त्यो समयमा मेहेन्दी हातमा लगाउने चलन निकै कम थियो, हुनेखानेले टाउकोमा लगाउथे त्यहि भएर मेहेन्दीको बजार पनि निकै कम थियो ।’ मेहेन्दीको धुलोलाई आफैले बनाएर लगाइनिदे उनी बताउछन् । ‘मैले घरमा नै मेहेन्दी बनाउथे, मेहेन्दीको धुलो, ल्वाङ्को तेल, पानी मिलाएर भिजाइएको मेहेन्दी बाउएर लगाइदिन्थे,’ उनले भने।

कम्लेसले मेहेन्दी लगाउदै हिड्नेक्रममा मेहन्दीको व्यवसाय बि.स २०६७ मा सुरु गरे । मेहेन्दी लगाउने काम मात्र नभई मेहेन्दी लगाउन सिकाउने काम पनि सुरुवात गरे । बागबजारमा रेको ‘मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर’ अहिले मेहेन्दी लगाउने मात्र भिड हुदैन, सिक्न आउनेको पनि उस्तै भिड हुने गर्छ । मेहेन्दी प्रतिको मोह सुरुवात भन्दा अहिले निकै बढेको उनी बताउछन् । उनी भन्छन्,‘ मेहेन्दी त अचेल फेसन नै भैसकेको छ, साउन महिनामा मेहेन्दी लगाउनेको घुइचो निकै बढ्ने गर्छ।’

 ‘मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर’बाट तालिम लिएर धेरैले आफ्नो व्यावसाय खोली सकेको कम्लेस बताउछन् । मेहेन्दीको डिजाइन सिक्न आउनेमा महिला धेरै भए पनि पुरुष पनि उत्तिकै आउने उनी बताउछन् । ‘उबेलामा मेहन्दीको डिजाइन बनाउने कलाकार भारतबाट मात्र आउने गर्थे, नेपालमा मेहेन्दी डिजाइन गर्ने कलाकार नभएकाले हामीले ट्रेनिङ सेन्टर खोलेका हौ’ उनले भने । साउनको महिना, तिज, विवाह, पाटी लगायतका समारोहमा मेहन्दी निकै व्यापक भइसकेको उनी बताउँछन्।

ग्वार्कोकी ममता आचार्य व्यापारी हुन् । ममतालाई साउनको महिना निकै मन पर्छ । साउनमा बर्त बस्नु, मेहेन्दीले हात खुट्टा सजाउनु, हरिया चुरा छन्छन् बजाउनु निकै मन पर्ने उनी बताउछिन् । उनी भन्छिन्,‘म प्रत्येक बर्षको साउनमा बर्त बस्छु, साउनको मौसममा सिंगारिएर बस्न पाउदा रमाइलो लाग्छ ।’ साउनको महिना पछि चाडवाडको आगमन हुने भएर साउन मन पर्ने उनी बताउँछिन् ।

साउनको पहिलो सातमा नै उनको जन्मदिन भएकाले अझ गचक्क परेकी छिन् ममता । हातमा मेहेन्दी लगाउने सुरमा रहेकी उनी अरबीक बुट्टाले हात भर्ने बिचारमा रहेको उनी बताउछिन् । हातको बिचको भागमा अग्रेजी अक्षर ‘जि’ लेख्ने सोचमा छिन् । मेहेन्दीको डिजाइन र रंगले प्रेमील मनहरुको मायाबारे थाह हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘हातमा लगाइएको मेहेन्दीको रंग गाढा भयो भने माया पनि गाढा हुन्छ भन्ने मान्यता छ।’

मेहेन्दीको महत्व दिनानुदिन बढ्दै गएको देख्न सकिन्छ । विवाहमा मेहेन्दी त अनिवार्य नै भैसक्यो । विवाहमा दुलहिको पहिलो आकर्षण भनेको मेहेन्दी नै मानीन्छ । हात खुट्टामा झपक्क मेहेन्दीको डिजाइनले भरीएकी दुलहीको रुपरंग नै फरक देख्न सकिन्छ ।  बजारमा साउन महिनामा  हरियो पहिरनसँगै हरियो मेहन्दीले रगिंएका हातहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । अन्य समारोहमा मेहेन्दी निकै उपयोगी मानीए संगै साउन महिनामा  मेहेन्दीको विशेष महत्व रहेको हुन्छ।

ओमप्रकास शाहलाई यति बेला मेहेन्दी लगाउन भ्याई नभ्याई छ । साउनको महिनामा मेहेन्दी लगाउन आउनेको संख्या राम्रो रहेको उनी बताउछन् । उनी भन्छन्,‘साउनको महिनामा हातमा मेहेन्दी लगाउनु राम्रो मानीन्छ, मेहेन्दी लगाउन् साना बालिकादेखि उमेरका महिला सम्मले मेहन्दी लगाउँन आउँछन् ।’ दशबर्ष देखि मेहेन्दी डिजाइनमा हात चलाएका ओमप्रकार शाह, सुरुवातमा सडकपेटिबाट लगाउन थालेका हुन । समय परिवर्तन संगै मेहेन्दीको फेसन पनि निकै बढेको उनी अनुभब सुनाउछन् ।‘मुम्बई मेहन्दी ट्रेनिङ सेन्टर’का सञ्चालक ओम प्रकास प्रशिक्षयार्थीलाई मेहेन्दीको आर्ट सिकाउदा खुसी लाग्ने बताउँछन् ।

उनी भन्छन्,‘मेहेन्दीको डिजाइन आउनु नै कामको सम्मान हो यो, कारण बस् पढ्न लेख्न नपाएकाहरुले पनि सिप सिकेर काम गरेर खान सक्ने बनाउन पाउदा खुसी लाग्छ ।’ पहिलाको समयमा यसरी ट्रेनिङ् सेन्टर नभएको र सिक्नको लागि भारत नै जानु परेको उनी बताउछन् । ‘ त्यो समयमा काम सिक्न सजिलो थिएन, भारत नै पुग्नु पथ्र्यो तर अहिले अवस्था फरक भैसकेको छ, काम गर्न चहानेको लागि नेपाल मै  सहज वातावरण भएको छ ’ उनले भने । ‘न्यु मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरमा साउनको पहिलो हप्तासम्म आउने  हरुका लागि ५० प्रतिशतसम्म छुट दिएर मेहन्दी लगाइदिने ओमप्रकास शाहले बताए।

साउनको मौसममा मेहेन्दीको व्यापार निकै फस्टाएको पाइन्छ । बजारमा अरबिग मेहेन्दी आर्टले बजार तताउने व्यवसायी बताउछन् । व्युटि पार्लर, सडकपेटिमा मेहन्दीको बुट्टाले हात सजाउनेको भिड देख्न सकिन्छ । असार महिनाको अन्तिम दिन देखि नै मेहेन्दी डिजाइन गर्नेहरु सडकपेटिमा थरीथरीका डिजाइन लिएर बसेको देख्न सकिन्छ । न्युरोडको फुटपाथमा थरी थरीका मेहेन्दीको डिजाइन देखाई बसेका छन्, सिराहका रामप्रकास शाह।

हात र खुट्टामा लगाइने मेहन्दीको सुन्दर बुट्टाहरु कोरिएको बुट्टा  देखेरै जो कोहि मेहेन्दी लगाउन लालायित हुन्छन् । सानै उमेरमा भारतमा गई मेहेन्दीको डिजाइन सिकेका रामले मेहेन्दीको डिजाइन बनाउन लागेको ५ बर्ष भएको छ ।

अन्य समयमा खासै मेहेन्दी लगाउन नआए पनि साउनको महिनामा मेहेन्दी लगाउनेको संख्या बढेको उनी बताउछन् । उनी भन्छन्,‘अन्य समयमा मेहेन्दी लगाउन बिदेशी महिलाहरु आए पनि  साउनको महिनामा नेपाली दिदीबहिनीले धेरै मेहन्दी लगाउँछन् ।’ एउटा हातको अगाडि भागमा अरेबिक मेहेन्दी डिजाइन गरेको ५० रुपैयाँ लिने गर्छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पस पढ्ने दिपसिखा थापाले हात भरी रातै मेहेन्दीले रंग्याएकी छिन् । साउनकाृ महिनामा मेहेन्दी लगाउनु पर्छ भन्ने मान्यता भन्दा पनि रहर लागेर लगाएको उनी बताउछिन् ।

उनी भन्छिन्,‘सबैले लगाएको देख्दा रहर लागेको हो, अन्य समयमा मेहेन्दी लगाउनु उपयुक्त पनि हुदैन तसर्थ फेसन चलेको भएर लगाएकी हुँ ।’साउनको महिनामा हिन्दु नारीले हरियो पहिरन लगाउनु पर्ने मान्यता रहि आएको छ । साउन र हरियो संग सांस्कृतिक सम्बन्ध रहेको संस्कृतीविद् राम लोहनी बताउछन् । ‘साउन महिनामा हरियो पहिरनमा सजिनु प्रकृती संगको निकटता देखाउन खोजिएको हो ।’ उनले भने।

 मेहेन्दी हातमा लगाउने प्रचलन संस्कृती विश्वास हुनुको साथसाथै स्वास्थ्यलाई समेत निकै फाइदा गर्ने न्यु मुम्बई मेहन्दी ट्रेनिङ सेन्टरका सञ्चालक ओमप्रकास बताउँछन् ।

उनी भन्छन्, ‘मेहन्दीले छालालाई शीतलता प्रदान गर्छ, गर्मीको समयमा मेहन्दी त निकै लाभदायक हुन्छ ।’ मेहेन्दीको धुलो टाउकोमा लगाउनु फाइदाजनक रहेको उनी बताउछन् । बजारमा पाइने बिभिन्न किसिमका केमिकल युक्त कलर नराख्न उनी सुझाउछन् ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App