८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वाधारबिनाका ‘सिंहदरबार’

झापाको गौरादह ४ को वार्ड कार्यालयमा लाइनमा बसेर बृद्धभत्ता बुझ्दै वृद्धवृद्धा। तस्बिर : युवराज/नागरिक

दमक - झापाको गौरादह ४ का वार्ड सचिव अर्जुन चापागाई कार्यालयमा एक्लै काम गर्छन्। फाइल मिलाउने, योजनाको सिफारिस दिने, भुक्तानी दिने, छाप लगाउने, वार्ड अध्यक्षलाई सही गराउने, दर्ता चलानी गर्नेसम्मको सबै जिम्मा उनकै हो। आइतबार बिहानैदेखि उनलाई भ्याइनभ्याइ थियो, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिनमा बिहानैदेखि लाभग्राही लाइनमा थिए। अस्तव्यस्त बनेको कार्यालयको उनको कामलाई जनप्रतिनिधी बसेरै सघाइरहेका थिए।

बिगतमा गौरादहमा गाविस सचिव हुँदा उनको काम भनेको आएका योजना कागजमा सही गर्ने तोक लगाउने मात्रै थियो। अहिले हाकिमदेखि पियनसम्मको काम उनी आफैंले भ्याउनुपर्छ। ‘बिगतमा कर्मचारी प्रसस्त थिए, अहिले कार्यालयमा वडा अध्यक्षबाहेक अर्को कर्मचारी म मात्रै छु,’ चापागाइँले भने, घरबाटो नक्सादेखि व्यक्तिगत घटना दर्तासम्म भ्याउनुपरेको छ। सोही वडाका वार्ड सदस्य महेश्वर सुवेदीले कर्मचारी बारम्बार माग्दासमेत नगरपालिकाले दिन नसकेको बताए। ‘अन्यत्र सबै वडामा व्यवस्थित काम भइरहेको छ,’ उनले भने, हाम्रोमा सचिवले मालपोतको रसिद काट्नेदेखि जन्मदर्ताका सबै काम समेत भ्याउनुपर्छ।’

एकछिन सामाजिक सुरक्षा भत्ता बाँड्न सघाएका जनप्रतिनिधि लाखापाखा लागिसक्दा कार्यालय बाहिर सेवाग्राही हतारिँदै कराउदै थिए। उनी असिन पसिन भएर पैसाको बिटा मिलाउँदै भत्ताका लागि नाम कराएर ल्याप्चे लगाए। ‘गाउँमा सिंहदरबार आएको त सबैले भन्छन्, जनताका काम गाउँबाटै हुने भनेर पनि हर्षित छन्,’ चापागाईले निराश हुँदै सुनाए, ‘एक्लो मान्छेले कतितिर भ्याउनु? कार्यालय बन्द गरेर कहिलेकाहीँ भत्ता बाड्न जानुपर्छ।’

उसको नगरपालिकाको हालत पनि उस्तै छ। भएका एक जना इन्जीनियरले घरबाटो सिफासि, घर नक्सा सिफारिस, घर सम्पन्नताको प्रमाणपत्र अनि योजनाको अनुमगन समेत गरेका छन्। इन्जीनियर सचिन क्षेत्री नगरपालिकाका लेखापाल समेत हुन् । उनी कहिलेकहीँ योजना अनुगमनमा गएका समयमा आउने सेवाग्राही यतिकै फर्कन्छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संघीय सरकारले आवश्यकताअनुसारको जनशक्ति नपठाएका कारणले दैनिक कार्य सम्पादनमा समस्या पर्ने गरेको छ। ‘म योजना सम्पन्न भएछि हरेकपटक ८० किलोमिटर टाढाको जिल्ला सदरमुकाममा गएर लेखापाल खोजेर बिल भर्पाइमा सही गराउने गरेको थिए,’ मिश्रले बाध्यता सुनाए, ‘यसपटक देखि त उनीहरूले लगेका विलमा विश्वास गर्न छाडेर सही नै गरिदिएनन्।’ उनीसहितका कर्मचारीले आवश्यकताअनुसारको जनशक्ति नभएका कारण दैनिक काम कारबाही गर्न असहज भएको बताउँदै २ महिनाअघि कामै ठप्पसमेत पारे। तत्काल कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाउने भनिए पनि अहिलेसम्म बढाइएको छैन, उनले थपे, अझ वडा कार्यालयको भने झनै बिजोग छ।

प्रकाशित: ३२ असार २०७५ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App