मोडरिच सर्वाेत्कृष्ट खेलाडी

सोमबार, ३२ असार २०७५, ०१ : २७ एजेन्सी

730


मस्को – क्रोएसियाका कप्तान लुका मोडरिच विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्।

१९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्याउन प्रेरणादायी भूमिका खेलेका मोडरिचले प्रतियोगितामा २ गोल गरेका थिए । उनले समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्ध र दोस्रो खेलमा अर्जेन्टिनाविरुद्ध समान १÷१ गोल गरेका थिए।

रियाल मड्रिडका मिडफिल्डर मोडरिचले अन्तिम १६ मा डेनमार्कविरुद्ध अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा गोल गर्न चुके पनि पेनाल्टी सुटआउटको पहिलो प्रहार गोलमा परिणत गरेका थिए।

त्यस्तै फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले प्रतियोगिताको युवा खेलाडीको अवार्ड जिते । क्रोएसियाविरुद्धको फाइनलमा टोलीका लागि तेस्रो गोल गरेका एमबाप्पेले समूह चरणमा पेरूविरुद्ध एक गोल गरेका थिए । उनले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाउने क्रममा महत्वपूर्ण २ गोल गरेका थिए । उनले प्रतियोगितामा कुल ४ गोल गरे।

इङ्ल्यान्डका कप्तान ह्यारी केनले उच्च गोलकर्ताको पुरस्कार पाए । प्रतियोगितामा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केनले समूहचरणको पहिलो खेलमा ट्युनिसयाविरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्धको दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका थिए।

त्यस्तै अन्तिम १६ मा कोलम्बियाविरुद्ध पनि उनले १ गोल गर्न भ्याएका थिए । त्यस्तै बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु,पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान तथा रूसका मिडफिल्डर डेनिस चेरीसेभले समाान ४÷४ गोल गर्दा  खेलमा गोल गरेका थिए।

यता बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइसले गोल्डन ग्लोभ्स पाए । कोर्टोइसले समूहचरणमा मात्र २ गोल खाएका थिए । बेल्जियम १६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली बन्दा कोर्टोइसले ७ खेलमा ६ गोल मात्र खाएका थिए।
 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...