coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्लिस टोलीलाई समर्थकको स्वागत

मस्को – सेमिफाइलनसम्मको यात्रा तय गरेको इङ्लिस टोली आइतबार दिउँसो बर्मिङ्घम विमानस्थलमा अवतरण हुँदा समर्थकको कुनै त्रास भएन । रूस विश्वकपमा इङ्ल्यान्डले प्राप्त गरेका सफलताले समर्थकलाई खुसी दिएको थियो।

उनीहरूका लागि समर्थकले विमानस्थलमा स्वागत कार्यक्रमभन्दा पनि सहर परिक्रमा कार्यक्रमको आयोजना गरेका थिए।

पछिल्लो पाँच साता उनीहरूले समर्थकको ध्यान केन्द्रित गराउन सफल भएको भन्दै कोही समर्थकले लामो यात्राका लागि योजना बनाइरहेका थिए । ‘फुटबलको उपाधि घर भित्रिनु भनेको दशकको मिहिनेत घर भित्रिनु हो । हामीले राम्रो गर्छै भनेर कसैले पनि सोचेका थिएनन्,’ राष्ट्रियताप्रति माया दर्साउँदै इङ्ल्यान्डका पूर्वखेलाडी ग्यारी लिनेकर भने, ‘यद्यपि सफल हुन सकेनौं।’

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्ड बेल्जियमसँग २–० ले पराजित हुँदै चौथो बन्दा इङ्ल्यान्डका चर्चित खेलाडीले गोल फर्काउन कुनै जादु चलाएनन् । तै पनि उनीहरूको स्वागतलाई ब्राडफोर्ड, चेसायर, स्टोक र क्रावलीबाट आएका इङ्लिस समर्थकले झन्डा चुम्दै साथ दिएका थिए।

क्रोएसियासँग सेमिफाइलनमा पराजित भएसँगै इङ्लिस टोलीको रूस विश्वकप यात्रा समाप्त भएको थियो । सन् ९१६६ को विश्वकप विजेता इङ्ल्यान्डलाई पराजित गर्दै क्रोएसियाले नयाँ इतिहास रच्ने मौका पाएको थियो । इङ्ल्यान्ड भने त्यो मौकाबाट चुक्यो।

६ सहरमा भएका सातै खेलमा समर्थकले १७ हजार माइलको यात्रा पार गर्दै इङ्ल्यान्डको खेल हेरेका थिए । उनीहरू महँगो र जटिल यात्राको पर्बाह नगरी समर्थन दिन स्टेडियम पुगेका थिए । उनीहरू कहिले हवाई मार्ग, कहिले रेल त कहिले कारबाट लामो दूरी तय गर्दै रंगशालामा पुगेर समर्थन जनाएका थिए । उनीहरूको अपेक्षा १९६६ को विश्वकपपछि अर्को उपाधि हात पार्ने थियो।

क्रोएसियाले इङ्ल्यान्डको १–० को अग्रता उल्टाउँदै २–१ को जित आफ्नो पक्षमा पार्दा देस्रो उपाधि भित्र्याउने सपना क्षणभरमै विफल भएको थियो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पनि इडेन हाजार्डको टोली बेल्जियमसँग २–० ले स्तब्ध हुँदै इङ्लिस टोली घर फर्किन बाध्य भयो । तै पनि उनीहरूलाई समर्थकले भव्य स्वागत गरे।

रूसमा सम्पन्न विश्वकमा उत्कृष्ट खेल प्रस्तुत गरेका युवा र जोसिला खेलाडीलाई समर्थकले लगातार तालीको गडगडाहटले स्वागत गरेका थिए । जालसाजी अनुसन्धानकर्ता ३५ वर्षे स्टेभ क्राउ र ३१ वर्षे उनका साथी केभिन हेलीले इङ्लिस टोलीको प्रदर्शनलाई सकारात्मक रूपमा लिए । ‘हामीले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्याैं,’ हेलीले भने, ‘खेलबाट हामी प्रभावित बन्यौं । टोलीले सोचेभन्दा उत्कृष्ट खेल प्रस्तुत गर्दै फेरि एक पटक समर्थकको साथ बटुल्न सफल भएको छ।’

 

प्रकाशित: ३१ असार २०७५ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App