coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पेस्तोल र गोलीसहित पक्राउ

काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ। 

परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र २४ वर्षीय कृष्णबहादुर जोगीलाई आज पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले हतियार लिएर हिँड्दै गरेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

प्रकाशित: ३१ असार २०७५ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App