coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव तस्करको चंगुलबाट मुक्त बालक घर फर्के

सिरहा– मानव तस्करको चंगुलमा परी भारत पुगेका सिरहा र  सप्तरीका छ जना बालकलाई एक महिनापछि स्थानीय प्रशासनको सक्रियतामा भारतको दरभंगा बालगृहबाट शनिबार सिरहा ल्याई आइतबार अभिभावकको जिम्मा लगाईएको छ। 

भारतीय रेलवे प्रहरीले यी बालकलाई जयनगरबाट उद्धार गरी दरभंगा बालगृहमा राखेको थियो। नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका अध्यक्ष राजदेव यादवको सक्रिय पहलमा उनीहरुलाई सिरहा ल्याई स्थानीय प्रशासनले अभिभावकको जिम्मा लगाएको हो। प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार कानुनी प्रावधान पुरा गरी बालकहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइएको छ। 

सिरहाको सीमावर्ती बजार जयनगर हुँदै दिल्ली लैजाँदै गर्दा यी बालकलाई गत जेठ ३१ गते जयनगर रोल्वे स्टेसनबाट रेल चढ्न लाग्दा भारतीय रेलवे प्रहरीले उद्धार गरेको जनाइएको छ। उनीहरुलाई बाल मजदुरका रुपमा काम गराउन लगिरहेका एक एजेन्टलाई समेत रेलवे प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहेका प्रजिअ पण्डितका अनुसार उद्धार गरि परिवारको जिम्मा लगाइएकामा नवराजपुर गाउँपालिका–५ का १५ वर्षीय सुरजकुमार सदाय, १४ वर्षीय विष्णुकुमार सदाय, १३ वर्षीय श्यामसुन्दर सदाय छन्। लहान नगरपालिका–१२ सरस्वतीका ११ वर्षीय राजेशकुमार सदाय, १३ वर्षीय मुकेशकुमार सदाय, सप्तरी सुरुङ्गा नगरपालिका–२ कमलपुरका १३ वर्षीय परमेश्वर सदाय छन्।

रेलवे प्रहरीले नवराजपुर गाउँपालिकाकै सञ्जय यादवलाई भारतको समस्तीपुर प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित: ३१ असार २०७५ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App