७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहट– रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।

स्थानीय तेजनारायण यादवकी श्रीमती हेमन्ती शनिवार बेलुकी देखि नै घरबाट हराएकी थिइन्। घरबाट वेपता भएपछि आफन्तले उनलाई खोजविन गर्दै जाँदा घरबाट करिब २ सय मिटर उत्तर खेतमा मृत अवस्थामा फेला पारेका थिए। हराएकी महिलाको शव मृत अवस्थामा आफन्त र स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय कटहरीया र गरुडाको टोली घटनास्थलमा पुगेको थियो।

हराएको महिलाको शव खेतमा फेला परेपछि कालगतिबाट मृत्यु भएको तथ्यलाई स्वीकार्न गाह्रो भएको र हत्या आशंका गरिएको छ। 

घटनास्थलको प्रकृति हेर्दा मृतक महिलाको शरिरमा कुनै किसिमको निल डामहरु नदेखिएको तर हराएको महिलाको घरबाट पर मृत्यु भएपछि घटना शंकास्पद रहेकोले महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको प्रहरी निरीक्षक मनोज यादवले बताए। 

प्रकाशित: ३१ असार २०७५ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App