कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

आइतबार, ३१ असार २०७५, १८ : ३१ नगेन्द्र उपाध्याय

सुर्खेत- १६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् । नेपाल चिकित्सक संघले कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। ‘डा. केसीका जायज माग पूरा गराउन कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी वाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका हौं’ संघका जुम्ला अध्यक्ष डा. मंगल रावलले भने, ‘कर्णालीमा अनशनरत डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि हामी तयार छौं।’

आमहड्ताल अघि संघले सोमबार कर्णाली प्रदेश सरकारका मन्त्रीहरुसँग डा. केसीका मागका विषयमा छलफल गर्ने जनाएको छ भने साँझ वीरेन्द्रनगरमा मैनवत्ती जुलुस निकालिने छ । संघले डा. केसीको मागमा राजनीतिक रंग मिलाउन खोजिएको भन्दै आपत्ती समेत जनाएको छ । ‘डा. केसी राजनीतिक चरित्र भएको व्यक्ति होइन्, उहाँ मेडिकल शिक्षाको सुधारका लागि अनशनरत हुनुहुन्छ’ चौथो अनशनदेखि डा. केसीको साथमा रहेका रावलले भने, ‘यसमा राजनीतिक रंग मिसाइनु अपराध हो ।’

उनले डा. केसी अघिल्लो अनशनमै जुम्ला आउन खोजे पनि आफूहरुले रोकेको बताए । डा. रावलले भने, ‘यो पटक जुम्लामै अनसन बस्नु भएको छ, उहाँको जीवन रक्षा हाम्रो पहिलो दायित्व र कर्तव्य हो ।’ उनले १६ दिनदेखि अनशन बस्दासम्म पनि सरकारले वार्ता टोली सम्म गठन नगर्नु डा. केसीलाई मार्ने षड्यन्त्र भएको आरोप लगाए।

नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डा. नवराज केसीले सरकारको दायित्वभित्र पर्ने विषयहरु नै डा. केसीले उठान गरेको बताए । ‘गुणस्तरीय मेडिकल शिक्षा र सेवा सबै नागरिकहरुको अधिकार हो’ उनले भने, ‘यस्ता माग पूरा नगरेर सरकार माफियातर्फको जालोमा फसेको छ ।’ उनले बाध्यताले आकस्मिक बाहेकका सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै सबैलाई साथ र सहयोग गरिदिन आग्रह गरे।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा मेडिकल सुपरिटेण्डेन्ट डा. डम्वर खड्काले जायज मागहरु राखेर अनशनरत डा. केसीलाई जनप्रतिनिधि र सरकारले हाँसोको पात्र बनाएको भन्दै आक्रोश पोखे।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad