८ वैशाख २०८१ शनिबार
राजनीति

डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

काङ्ग्रेस नेता विजयकुमार गच्छदार । फाइल तस्विर

विराटनगर - नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्। विराटनगरमा अाइतबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेश अनुसारकै विधेयक ल्याउन आग्रह गरे।

गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए। उनले सरकारले राज्य सञ्चालनको प्रक्रिया विपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताए। अध्यादेशअनुसारको विधेयक नआए संसदमा काँग्रेसले सशक्त विरोध गर्ने चेतावनी गच्छदारले दिए। रासस

प्रकाशित: ३१ असार २०७५ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App