coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूमिसुधारका नासु घुससहित पक्राउ

मोरङ - भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो।

विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको कार्कीले बताए। तिनै व्यक्तिले पछि अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए। घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ। रासस

प्रकाशित: ३१ असार २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App