८ वैशाख २०८१ शनिबार
कला

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

काठमाडौं– पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गरेका हुन्।

दोलखा जिल्लाको भौगलिक रुपमा विकट गौरीशंकर गाउँपालिकाभित्रको जीवन शैली, मौलिक कला, परम्परागत संस्कृति, पर्यटकीय गन्तव्य र प्राकृतिक झर्नासँग जोडिएका तस्विरहरु फोटो पुस्तकमा समावेश गरीएको छ। 

फोटो पुस्तक गौरीशंकर गाउँपालिकसँगको समन्वयमा तयार पारिएको लामाले जानकारी दिए। ‘पत्रकारिता विद्यामा फोटो पत्रकारिता मेरो सोख थियो। मैले विभिन्न फोटो प्रस्तिस्पर्धामा समेत भाग लिएको छु। आज सार्वजनिक गरिएको फोटो पुस्तक भौगलिक रुपमा विकट र हिमाली जीवनसँग जोडिएको तस्विर छ,’ नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष समेत रहेका लामाले भने,‘गौरीशकर गाउँपालिका आफैमा विविधता छ। यहाँ सुरेल संस्कृति, शेर्पाको दैनिकी र प्राकृतिक झर्नाले विश्वका फोटो पत्रकारहरुलाई पर्खिरहेको छ।’ 

गौरीशंकरमा पाइने अमूल्य जडिबुटि, यसको पहिचान र प्राकृतिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा जिल्लाका नेतृत्वले ध्यान दिन नसकेको लामाको गुनासो थियो। पुस्तकमा भएको च्छोरोल्पा ताल, यहाँको छ्योतछ्योतमा भेटिने झरनाले मात्रै नभएर हिमश्रृखलाले सबैको ध्यान तान्ने बताए। फोटो पुस्तकमा दोलखा जिल्लाबाटसगरमाथा आरोहण गर्ने सफल पर्वतारोहीहरुको प्रोफायल समेत समावेश गरिएको छ। 

लामा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष तथा कालिञ्चोक एफएमका स्टेशन म्यानेजर हुन्। उनी फोटो ग्राफर समेत हुन्।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाबाट सगरमाथा आरोहण गरेका ४० जना हिमआरोहीलाई पर्यटन मन्त्री अधिकारीले दोसल्लासहित प्रमाण पत्रद्घारा सम्मान गरिएको थियो।

पर्यटन मन्त्री अधिकारीले फोटो पुस्तक हेरेपछि गौरीशंकर गाउँपालीकाको सिमी गाउँदेखि च्छोरोल्पा तालसम्मको यात्रा गरेको अनूभुति भएको बताए।  

‘दोलखा जिल्ला आफैमा पर्यटकीय नगरी हो। यहाँको प्रकृति, हावापानी, भूगोल र वनस्पतिले मात्रै नभएर धार्मिक हिसावले दोलखा पर्यटकीय गन्तव्य हो,’ उनले भने,‘चरिकोट, जीरी, शैलुङ र च्छोरोल्पाको आफ्नै विशेषता छ।’

फोटो पुस्तकमा राखिएको हिमाल आरोहीको प्रोफाइलले पुस्तक झन कसिलो भएको मन्त्री अधिकारीको भनाई थियो। 

प्रकाशित: ३१ असार २०७५ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App