८ वैशाख २०८१ शनिबार
राजनीति

शाहलाई दर्ज्यानी चिन्ह

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सुवर्ण बहादुर शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

आइतबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ। 

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रकाशित: ३१ असार २०७५ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App