८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पेरिस- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ। 

सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ। पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो। 

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो। अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए। यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो। 

यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो। जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो। 

त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्ने बताइएको छ। विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतिक्षित वार्ताका रुपमा पनि लिएका छन्। 

उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ। पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्नेछन्। हेलसिन्की वार्तापछि उनीहरुको पत्रकार सम्मेनल हुने छ। 

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। 

दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरुले दिएका छन्। साथै ती सञ्चारले यी दुई राज्यप्रमुखहरुले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ–आफ्ना अनुमानहरुमा समाचार बनाएका छन्। 

एक अर्काले विपरित धारको नेतृत्व गर्दै आउनु भएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ। 

यसअघि उनीहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो। त्यस समयमा उनीहरुबीच छिट्टै वार्ता गर्ने सहमति भएको बताइएको थियो। तर त्यसपछि भने उनीहरु पहिलोपटक सोमबार भेट हुन लागेका हो । 

प्रकाशित: ३१ असार २०७५ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App