coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप फुटबलः फाइनल तथ्य

खेल : फ्रान्सविरुद्ध क्रोएसिया 

स्थान : लुज्निकी रंगशाला, मस्को

दर्शक क्षमता : ८० हजार

नेपाली समय :  ८ः४५

– फ्रान्सको यो तेस्रो विश्वकप फाइनल हो । १९९८ मा घरमै सम्पन्न विश्वकपमा पहिलो पटक उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो। 

– क्रोएसिया ठूला प्रतियोगिताको फाइनल पुगेको यो पहिलो हो । युगोस्लाभियासँग छुट्टिएपछि १९९८ मा पहिलो पटक विश्वकप खेल्दा क्रोएसियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँगै २–१ ले पराजित भएको थियो। 

– क्रोएसियाले अन्तिम १६ मा डेनमार्कलाई हराउन र क्वार्टरफाइनलमा रूसलाई हराउन पेनाल्टी सुटआउटसम्म खेल्नु परेको थियो । सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्न पनि क्रोएसियाले निर्धारित ९० बाहेक थप ३० मिनेट खेल्नुपरेको थियो। 

– पेनाल्टी सुटआउटमा खर्चिएको समयबाहेक क्रोएसियाले पछिल्ला ३ खेलमा ३ सय ६० मिनेटभन्दा बढी फुटबल खेलेको छ । ३ नकआउट खेलमा फ्रान्सले २ सय ७० मिनेट मात्र मैदानमा विताएको छ । क्रोएसियाले भन्दा फ्रान्सले १ दिन बढी आरम गर्न पाएको छ।

– समूह चरणमा विजेता बनेको फ्रान्सले नकआउट चरणमा अर्जेन्टिना, उरुग्वे र वेल्जियमलाई हराउँदै फाइनलमा स्थान बनाएको हो। 

– क्रोएसियाले प्रतियोगिताको एक खेलमा औसत २ गोल गरेको छ । क्रोएसियाबाट धेरै गोल गरेका लुका मोडरिच, मारियो मान्डजुकिच र इभान पेरिसिचले २/२ गोल गरेका छन् । फाइनल खेलेमा ३२ वर्षे मोडरिचले क्रोएसियाबाट कीर्तिमानी धेरै खेल खेल्नेछन्।

– फ्रान्सबाट धेरै गोल गरेका एन्टोनी ग्रिजम्यान र किलियन एमबाप्पेले ३/३ गोल गरेका छन्।

– फ्रान्स र क्रोएसिया यसअघि ५ पटक आमने सामने भएका छन् । त्यसमा फ्रान्सले ३ खेल जितेको छ भने २ खेलमा बराबरी नतिजा निस्किएको छ। 

प्रकाशित: ३१ असार २०७५ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App