८ वैशाख २०८१ शनिबार
समाज

डडेलधुराको एउटा मात्रै सानो कभर्ड हल भत्कियो

भत्केको डडेल्धुराको टुडिखेल नजिकै रहेको सानो टेबल टेनिस कभर्ड हल। तस्बिर : नागरिक

डडेल्धुरा – डडेल्धुरा जिल्लामा एक मात्रै रहेको सानो टिटी कर्भड हल भत्केको छ। सदरमुकाम खलंगास्थित टुडिखेलसँगै रहेको जिल्ला खेलकुद विकास समितिको सानो कभर्ड हल भत्केको हो।

खेलकुद मैदान नभएको डडेल्धुरामा २०४० सालमा मिनि टेबुल टेनिस खेल प्रतियोगिताका लागि निर्मित हलको एकातर्फको दिवार पूर्णरुपमा भत्केको छ। जिर्ण अवस्थामा रहेको कभर्ड हल तथा खेलकुद विकास समितिको कार्यालय भवन निर्माणका लागी बारम्बार राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय, स्थानिय सरकारसँग अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले बताए।

अमरगढी नगरपालिका नगरप्रमुख, उप–प्रमुख लगायत पदाधिकारीलाई जिर्ण अवस्थामा रहेको कभर्ड हलमै बोलाई मर्मतका लागि आग्रह गरेको भएपनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे।  जिर्ण भवनलाई बहुउद्देशिय हलका रुपमा निर्माण गर्न जिल्ला समन्वय समितिका संयोजकलाई पनि अनुरोध गरिएको बताउँदै उनले कतैबाट आफुहरुको माग सुनुवाई नभएको गुनासो गरे।

आर्थिक बर्ष २०७४/७५ मा अमरगढी नगरपालिकाले मेयरकप भलिबल प्रतियोगिताका लागी दुई लाख ७५ हजार विनियोजन गरी प्रतियोगिता सञ्चालन गर्नु बाहेक अन्य कुनै शिर्षकमा खेलकुदका लागि बजेट विनियोजन नगरेको मगरको गुनासो छ।

प्रकाशित: ३१ असार २०७५ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App