७ वैशाख २०८१ शुक्रबार
समाज

पानीको बहाव बढ्दा कोशी ब्यारेजका २९ ढोका खोलिए

फाइल फाेटाे

काठमाडौं – पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेका छ। पानीको बहाव बढ्दा कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ।

गत राति सवा ९ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि कोशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।

उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

यस्तै आज देशैभर सामान्य बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूरपश्चिमका केही स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

आज विशेषगरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका पहाडी जिल्लाका नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: ३१ असार २०७५ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App