coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्कुललाई वृज सिमेन्टद्वारा फुटबल सामग्री

काठमाडौं – चितवनको एक स्कुलले वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिद्वारा प्रायोजित फुटबल सामाग्री पाएको छ। भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको वृज सिमेन्टको विज्ञप्तिमा उल्लेख छ।

उक्त फुटबल सामग्रीले सो विद्यालयमा अध्ययनरत विद्यार्थीको खेलकुद विकासमा निकै योगदान हुने मेयर दाहालले बताइन्।

१२ कक्षासम्म पढाइ हुने उक्त स्कुलमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा वृज सिमेन्टका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका शिरिष पन्त तथा ओम साई इन्टरप्राइजेजका ओमकार कँडेल पनि उपस्थित थिए। वृज सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको सिनियर ब्रान्ड मेनेजर अमित श्रेष्ठले बताएका छन्।

प्रकाशित: ३१ असार २०७५ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App