coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचतले मन्दिर उत्सव सम्पन्न

भक्तपुर - भक्तपुरको पाँचतले मन्दिरमा शनिबार झन्डोत्तोलन उत्सव सम्पन्न भएको छ। पाँचतले मन्दिरको जन्मोत्सव अर्थात् वर्षबन्धनको अवसरमा झन्डा फहराइएको हो। सेतो कपडामा रातो चन्द्रआकार भएको ठूलो झन्डा प्रत्येक वर्ष असाढ शुक्ल प्रतिपदाको दिन फहराउने परम्परा रहिआएको छ।

झन्डोत्तोलनका ली संस्थानले आवश्यक सामग्री उपलब्ध गराएको थियो। परम्पराअनुसार भक्तपुरको तुछिमला टोलस्थित अवाल समुदायबाट प्रत्येक वर्ष झन्डोत्तोलन कार्यक्रम गर्ने गरिन्छ। प्रत्येक वर्ष झन्डोत्तोलन गर्ने परम्परा रहे पनि भूकम्पका कारण क्षति पुगेको हुँदा माथिल्लो तलामा पुगेर झन्डोतलन गर्न खतरा रहेकोले तलै झन्डोतलन गरिएको थियो।

भक्तपुरमा थर अनुसारको पेशा अपनाउने गरिन्छ। अवाल थर भएकाहरुको पुख्र्यौली पेशा घर बनाउने हो। त्यसकारण अवाल थर भएकाहरु घर बनाउन पारंगत हुन्छन्। उनीहरुले नै प्रत्येक वर्ष झन्डोत्तोलन गर्ने गर्छन्। प्रत्येक वर्ष पानी पर्ने असार महिनामै पाँचतले मन्दिरको छानामा चिप्लोबाट जोगिएर होसियारीपूर्वक जानुपर्ने भएकाले अवालहरुलाई यो काममा लगाइन्छ।

झण्डोत्तोलन कार्यमा भक्तपुर तलेुजका रकमी पुजारीहरुको पनि सहभागी रहने गर्छ। तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले परम्पराअनुसार यस वर्ष पनि मन्दिरमा झण्डोत्तोलन गरिएको तर यो वर्ष माथिल्लो गजुरमा झन्डोत्तोलन गर्न नसकिएको सुनाए । गत वर्ष गजुरमै झण्डोत्तोलन गरिएको थियो।

झण्डोत्तोलनका क्रममा मन्दिरको सरसफाई पनि गरिएको थियो। छानामा रहेका घाँसहरु उखेलेर सफा गएिको थियो। वर्षबन्धनको अवसरमा पाँचतले मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले मन्दिरभित्रको सिद्धिलक्ष्मी (न्यातापोल) को विशेष पूजासमेत गरेका थिए। राजोपाध्याय पुजारी, जोशी पुजारी, कर्माचार्य पुजारीहरु र ताल्चाभडेल, चोकाभडेलहरु बसी पदतिबमोजिम विशेष पूजा सुसम्पन्न गरिएको थियो। पूजामा महिला नाइके सुवाल, राजभण्डारी, राजचललगायतका थरका सामेल थिए।

नेपाल सम्वत ८ सय २२ मा राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सुसम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झन्डा फहराइएको इतिहास छ। त्यही बेलादेखि नै प्रत्यके वर्ष वार्षिकोत्सवको अवसरमा झन्डोत्तोलन गर्ने गर्दै आइएको हो।

प्रकाशित: ३१ असार २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App