coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाल-अमेरिका मानव तस्करीका तीन रुट

काठमाडौं–मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहले फ्रान्स र जापान जस्ता अध्यागमन प्रहरी र कानुन कडा भएका देशबाटै तस्करी गरिरहेको खुलेको छ । तेस्रो रुटमा रुपमा उनीहरुले सिंगापुरको प्रयोग गरिरहेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भदौ १७ गते ४० हजार अमेरिकी डलर सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका प्रेम नारायण महतो सहित अन्य तीनको घटनालाई पछ्याउदा सफलता हात पारेको हो । प्रहरीले नेपालबाट भारतको नयाँ दिल्ली, बैंकक र सिंगापुरलाई पहिलो, जापान र फ्रान्सलाई दोस्रो र मेक्सिको हुँदै अमेरिकाको टेक्कसस पठाउँदै आएका गिरोहका दुई सदस्यलाई पक्रेको हो ।

प्रहरीले विहीबार पक्राउ गरेका रुकुम घरभई ललितपुर बस्ने नविन भन्ने नवराजखत्री र  बाग्लुङ्ग घरभई लैनचौरबस्ने सागर शिरीषले संगठित रुपमा अन्तराष्ट्रिय स्तरको संजाल बनाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले मानव तस्करीको घटनाको एउटा रुप र तीन रुट प्रहरीले पहिचान गरेको बताए । उनका अनुसार तीनै रुटमध्ये मेक्सिको पहिचानमा रहेपनि तस्करीकै लागि सिंगापुर, जापान र फा्रन्सको प्रयोग थप अनुसन्धानका लागि प्रारम्भ बिन्दु हो । ‘हालसम्म कति तस्करी भए र गिरोहका अन्य सदस्यका बिषयमा अनुसन्धान गर्दैछौ,’ एसएसपी खनालले भने ।

महाशाखाका अनुसार नेपालबाट अमेरिकासम्म पु¥याएको २० देखि ३० लाख लिदै आएका दुबैले हालसम्म १६ जना नेपालीलाई पठाएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । नेपालबाट अमेरिका जान चाहने ब्यक्तीको खोजी देखि दिल्ली र सिंगापुरसम्म पुर््याउने जिम्मेबारी पाएका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार दुबैले नेपालमा १० लाख, मेक्सिको पुगेपछि अर्को १० लाख र अमेरिका पुगेपछि अन्तिम १० लाख उठाउने गरेका थिए । पहिलो रुट पहिचान भएको तीनै रुटबाट मानव तस्कारीका लागि अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई काम बाडिएको हुन्छ । पहिलो रुट काठमाण्डौ–दिल्ली–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो रुट काठमाण्डौ–दिल्ली, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो रुटमा काठमाण्डौ–सिंगापुर–जापान–मेक्सिको–अमेरिकाको प्रयोग हुदै आएको थियो ।

महाशाखाका अनुसार गिरोहले मेक्सिको पुर्याएका मानिसहरु अलपत्र पर्ने र त्यहाँको प्रहरीले पक्राउ गरि केही दिन थुनामा राख्ने गरेको घटना समेत तस्करीकै एउटा अंग भएको खुलेको हो । मेक्सिको प्रहरीको थुनामा रहेका मानिसहरुलाई एजेन्टले गोप्य रुपमा कानुनव्यवसायीसँग सम्पर्क गराई दिने गर्दै आएका छन । कानुनव्यवसायीले कानुनी प्रक्रिया पुरागरि मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी क्याम्पमा राख्नेसम्मको ब्यवस्था मिलाउदै आएका छन ।

प्रकाशित: २३ भाद्र २०७३ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App