coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

सेन्ट पिट्सबर्ग – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा बेल्जियमले १–० को अग्रता लिएको छ।

बेल्जियमका लागि खेलको चौंथो मिनेटमा थोमस म्युनीयरले गोल गरे। नासर चाड्लीले दिएको क्रसमा म्युनीयरले गोल गरेका हुन्। खेलको १२ औं मिनेटमा केबिन डे बु्रएनाले १२ याड टाडाबाट प्रहार गरेको बल इङ्लयाण्डका गोलकिपर पिकफर्डले एक हातले बचाएका थिए।

इङ्ल्याण्डले २३ औं मिनेटमा गोल गर्ने बराबर गर्ने अवसर खेर फाल्यो। जसमा रहिम स्टर्लिङको पासमा ह्यारी केन गोल गर्न असमर्थ भए। इन्जुरी समयमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्ने अवसर खेर फाले। पहिलो हाफमा दुवै टोलीले सोचे अनुसारको खेल देखाउन सकेनन्। 

करिब दुई साता अघि इङ्ल्याण्ड र बेल्जियम समूह ‘जी’ को अन्तिम खेलमा आमने–सामने हुँदा दुवै टोली जित हात पार्नु भन्दा पनि शीर्षता टार्ने उदेश्यमा मैदान उत्रिएका थिए। जहाँ बेल्जियमले १–० को विजयी नतिजा हासिल गरेको थियो। तर आज प्रतियोगितमा पुनः एक पटक भिडेका दुवै टोलीको लक्ष्य जितका साथ रुस यात्राको सुखद अन्त्य गर्नु रहेको छ। 

२८ वर्षपछि सेमिफाइनलमा स्थान पक्का गरेको इङल्याण्ड बुधबार क्रोएसियासँग २–१ ले पराजित भएको थियो भने बेल्जियम मंगलबार फ्रान्ससँग १–० ले स्तब्ध भएको थियो। सेमिफाइनलमा निराश भएका दुवै टोली आज तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गरिरहेका हुन्। विश्वकपमा तेस्रो स्थान हात पार्नुलाई खासै अर्थपूर्ण रुपमा लिइदैन ।

यता उत्कृष्ट प्रदर्शनका बावजुद पनि फ्रान्सलाई नतिजा सुम्पिएपछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउन असफल भएपछि निराश देखिएका बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले पनि तेस्रो स्थानका लागि हुने खेलप्रति उत्सुक नभएको प्रतिक्रिया दिएका थिए।

बेल्जियम १९८६ को विश्वकपपछि पहिलो पटक सेमिफाइनल प्रवेश गरेको थियो। त्यतिबेला टोली चौथो भएको थियो। यसअघि यी दुई टोली समूहको अन्तिम खेलमा आमने–सामने भएका थिए। सो खेलमा १–० को जित हात पार्दै समूह विजेता बनेको बेल्जिमले अन्तिम १६ मा जापान क्वार्टरफाइनलमा ब्राजिल तथा सेमिफाइनलमा फ्रान्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको थियो भने इङल्यान्डले कोलम्बिया, स्विडेन र क्रोएसियालाई प्रतिद्वन्द्वीका रुपमा पाएको थियो। दुवै टोली अन्तिम ४ मा निराश भए।

युरोपियन च्याम्पियनसिपमा तेस्रो स्थानको खेल हटाइए पनि फिफाले विश्वकपमा भने तेस्रो स्थानको खेललाई निरन्तरता दिइरहेको छ।

दुवै टोली तेस्रो स्थानको लागि भिडेको यो दोस्रो पटक हो। बेल्जियमले १९८६ मा फ्रान्सविरुद्ध तेस्रो स्थानका लागि खेलेको थियो भने इङल्यान्डले १९९० मा इटालीविरुद्ध तेस्रो स्थानको खेल खेलेको थियो।

पछिल्ला ४ संस्करणका तेस्रो स्थानका लागि भएका खेलमा धेरै गोलहरु निस्किएका छन्। २००२ मा टर्कीले आयोजक दक्षिण कोरियालई ३–२ ले पराजित गरेको थियो भने २००६ र २०१० मा जर्मनीले पोर्चुगललाई र उरुग्वेलाई क्रमश ३–१ र ३–२ ले हराएको थियो। २०१४ मा नेदरल्यान्डस्ले आायोजक ब्राजिललाई ३–० ले पराजित गरेको थियो।

प्रकाशित: ३० असार २०७५ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App