७ वैशाख २०८१ शुक्रबार
समाज

म अनशनबाट भाग्दिन: डा. केसी (अडियो सम्बोधन)

जुम्ला-  डा. गोविन्द केसीले काठमाडौँमा शनिवार उनको समर्थनमा भएको आन्दोलनलाई अडियो मार्फत सम्बोधन गरेका छन्। उनले चिकित्सा शिक्षा अध्यादेश यथारुपमा पारित नगरिए आफ्नो अनसन कुनैपनि हालतमा नतोडिने चेतावनी दिएका छन्। 

डा. केसीले अडियो मार्फत गरेको सम्बोधनको पूर्ण पाठ

नमस्ते उपस्थित महानुभावहरु, म जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोलदैछु । म जुम्लामा सतयाग्रहमा छु । र हामी जुम्लामै किन गर्नु पर्यो सत्याग्रह भने, हामी एक दशक देखि लडिरहेका छौँ । गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् । गाउँका मान्छे निम्न बर्ग, मध्यम वर्ग बिपन्न बर्गले पनि डाक्टर नर्स अनि स्वास्थ्य सम्वन्धी विज्ञहरु अथवा चाहिँ स्वास्थ्य कार्यकर्ताहरु बन्न सकुन् , पढ्न सकुन्,त्यस्तो खालको ऐन बनोस् । जबकी ग्रामिण भेकका असी प्रतिशत जनता अपहेलित उपेक्षीत छन्। र त्यसैकारणले गर्दाखेरी यो जुम्ला भन्दा उपयुक्त स्थल कहिँ हुन सक्दैन । र यहाँ जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको ८ बर्ष भयो । तर अहिलेसम्म सन्चालनमा आउन सकेको छैन ।

यो कर्णाली भेक, कर्णाली क्षेत्र राज्यबाट सबै भन्दा वेसी उपेक्षीत क्षेत्र पनि हो । यहाँका मान्छे गरिब छन्,यहाँका मान्छे बेरोजगार छन् । यहाँका मान्छे अशिक्षित छन् । र यहाँको स्वास्थ्य संस्थाहरु मध्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाई सन्चालनमा आउन सकेको छैन। यदि सन्चालनमा आउन सकेको भए यहाँका मान्छे डाक्टर बन्थे, यहाँका मान्छे नर्स बन्थे। यहाँका मान्छेहरु स्वास्थ्य सम्वन्धी विज्ञ बन्थे, स्वास्थ्य कार्यकर्ताहरु बन्थे र यो ठाउँमै स्वास्थ्य सेवा गर्थे । यहाँको स्वास्थ्य सेवाको गुणस्तर बढ्थ्यो। सबैले स्वास्थ्य सेवा पाउँथे र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे। यहाँका मान्छेलाई रोजगारीको अवसर सृजना हुन्थ्यो। यो ठाउँको समग्र विकास हुन्थ्यो। तर, यो अहिलेको सरकारले जसले यिनीहरुलाई भोट दिएर दुई तिहाई बहुमत ल्याउन मद्दत गरे उनिहरुको हकहितको बिरुद्ध माफिया, डन, नेताहरु पोस्ने ऐन ल्याउँदैछ, हाम्रो आन्दोलनका कारण जनतामुखी र विद्यार्थीमुखी अध्यादेश बनेको थियो।

त्यो अध्यादेशलाई तोडमोड गरेर माफिया डन, भ्रष्ट नेतामुखी ऐन लयाउन लाईराख्या छ। त्यसैको बिरुद्ध मैले यो सत्याग्रह सुरु गरेको हो। अनि अर्को कुरो म चाहिँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सक्षम दक्ष डाक्टरहरु छन् , हालाकी यहाँ चाहिँ विशेषज्ञ जनशक्ति धेरै कम छ। यो सरकारको कमजोरी हो। सरकारको उदासिनताले गर्दा भएको हो । तर यहाँ जे छन् ,सक्षम छन् । र म पुनः विश्वास गर्छु यो टिमलाई मेरो राम्रो हेरचाह भैरहेको छ। त्यस कारण ले गर्दाखेरी म यहिँ नै अनशन र सत्याग्ह गरिरने छु। तर जव सरकारका तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौँ लगेर सत्याग्रह तुहाउने प्रयास हुँदैछ । तिनीहरुलाई मेरो स्वास्थ्यको यतिनै सरोकार राख्ने भए देखि मेरो माग पुरा गर म अनशन तुरुन्त तोड्छु। यति सिम्पल कुरो छ । त्यस कारणले गर्दा जवसम्म मेरो माग पुरा हुँदैन,म अनशनबाट भाग्दैन । मेरो मागहरु थुप्रै छन् । त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरिकन यथारुपमा पारित हुनुपर्छ। र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्छ । र संगसंगै आयोगले भ्रष्टहरुलाई कारवाही गर्नुपर्छ। र यो शिक्षामा राजनीतिक भागवण्डा र हस्तक्षेप अन्त्य गरिनु पर्छ, त्यो संगसंगै अरु मागहरु पनि पुरा हुनुपर्छ। धन्यवाद ,नमस्कार।

प्रकाशित: ३१ असार २०७५ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App