जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

शनिबार, ३० असार २०७५, १९ : ३५ नागरिक

काठमाडौं – पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रविन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गरेका हुन्।

दोलखा जिल्लाको भौगलिकरुपमा विकट गौरीशंकर गाउँपालिकाभित्रको जीवन शैली, मौलिक कला, परम्परागत संस्कृति, पर्यटकीय गन्तव्य र प्राकृतिक झर्नासँग जोडिएका तस्विरहरु फोटो पुस्तकमा समावेश गरीएको छ।

फोटो पुस्तक गौरीशंकर गाउँपालिकसँगको समन्वयमा तयार पारिएको लामाले जानकारी दिए। ‘पत्रकारिता विद्यामा फोटो पत्रकारिता मेरो सोख थियो। मैले विभिन्न फोटो प्रस्तिस्पर्धामा समेत भाग लिएको छु। आज सार्वजनिक गरिएको फोटो पुस्तक भौगलिकरुपमा विकट र हिमालि जीवनसँग जोडिएको तस्विर छ,’ नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष समेत रहेका लामाले भने, ‘गौरीशकर गाउँपालिका आफैमा विविधता छ। यहाँ सुरेल संस्कृति, शेर्पाको दैनिकी र प्राकृतिक झर्नाले विश्वका फोटो पत्रकारहरुलाई पर्खिरहेको छ।’

गौरीशकरमा पाइने अमूल्य जडिबुटि, यसको पहिचान र प्राकृतिक सम्पत्तिको संरक्षण र प्रवद्र्धनमा जिल्लाका नेतृत्वले ध्यान दिन नसकेको लामाको गुनासो थियो। पुस्तकमा भएको च्छोरोल्पा ताल, यहाँको छ्योतछ्योतमा भेटिने झर्नाले मात्रै नभएर हिमश्रृखलाले सबैको ध्यान तान्ने बताए। फोटो पुस्तकमा दोलखा जिल्लाबाट सगरमाथा आरोहण गर्ने सफल पर्वतारोहीहरुको प्रोफायल समेत समावेश गरिएको छ।

लामा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष तथा कालिञ्चोक एफएमका स्टेशन म्यानेजर हुन्। उनी फोटो ग्राफर समेत हुन्।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाबाट सगरमाथा आरोहण गरेका ४० जना हिमआरोहीलाई पर्यटन मन्त्री अधिकारीले दोसल्ला सहित प्रमाण पत्रद्वारा सम्मान गरेका थिए। मन्त्री अधिकारीले फोटो पुस्तक हेरेपछि गौरीशंकर गाउँपालीकाको सिमी गाउँदेखि च्छोरोल्पा तालसम्मको यात्रा गरेको अनूभुति भएको बताए।  

‘दोलखा जिल्ला आफैमा पर्यटकीय नगरी हो। यहाँको प्रकृति, हावापानी, भूगोल र वनस्पतिले मात्रै नभएर धार्मिक हिसावले दोलखा पर्यटकीय गन्तव्य हो,’ उनले भने, ‘चरिकोट, जीरी, शैलुङ र च्छोरोल्पाको आफ्नै विशेषता छ।’

फोटो पुस्तकमा राखिएको हिमाल आरोहीको प्रोफायलले पुस्तक झन कसिलो भएको मन्त्री अधिकारीको भनाई थियो।





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...