७ वैशाख २०८१ शुक्रबार
अन्य

'वन्डरफूल वालिङ'

दिलिप प्रताप खाँड

मेयर, वालिङ नगरपालिका, स्याङ्जा

वालिङ नगरपालिकालाई पर्यटकीय केन्द्र बनाउने अभियान कहाँ पुग्यो ?

हामी वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा चम्काउने प्रयासमा छौं । स्मार्ट सिटीका १९ वटा थिम मध्ये ‘वन्डरफूल वालिङ’ एउटा हो। र, वण्डरफूल वालिङभित्र तीन वटा इन्डिकेटर छन्–नेचर, कल्चर र एडभेन्चर। यी तीनवटै इन्डिकेटरले हाम्रो वालिङ भरिपूर्ण छ । त्यसैले वालिङलाई पर्यटन गन्तव्य बनाउने अभियान तिब्र रुपमा अघि बढाएका छौं ।  

‘वालिङ हन्ड्रेड एमटिबी’ च्यालेन्जमा स्वदेश तथा विदेशका साइकलेहरुको प्रतियोगिता गराउनेछौं । त्यसमा पहिलो हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिनेछौं ।

वालिङमा मुख्य पर्यटकीय आकर्षणहरु के के छन् ? 

हाम्रा हरेक डाँडापाखाबाट हिमाली सौन्दर्य देखिन्छ । गाउँले जीवनशैली र आतिथ्य सत्कारले मोहित बनाउँछ। एडभेन्चरमा पदयात्रा, प्याराग्लाइडिङ, साइक्लिङ र राफ्टिङ सुविधा छ। प्रमुख मठ मन्दिरमा गह्रौंसुर, अकलादेवी, छाङ्छाङदी छन् भने बोन धर्माबलम्बीका क्होईंबोहरु छन् । त्यस्तै गुरुङ, मगर, कुमाल, माझी, नेवार, क्षेत्री, बाहुन आदि जातजातीको संस्कृति थप आकर्षण हुन्।

एडभेन्चर टुरिजमको अबस्था कस्तो छ ? 

सहासिक पर्यटनको संभावना प्रचुर छ । महापुर, मिलनकोट, डुम्रे भञ्ज्याङ, काउले, थाप र किउँरेबाट प्याराग्लाइडिङ गरिन्छ । हामीले साइक्लिङका लागि नगरपालिकाका सबै १४ वटा वडालाई जोडेर ‘वालिङ हन्ड्रेड एमटिबी’ रुट बनाएका छौं । त्यस्तै सुन्तलाबारी, अँधेरीखोला र वनकट्टामा क्यानोनिङ सुविधा छ। आँधीखोलाको ओडारदेखि बायाँटारीसम्म राफ्टिङ गरिन्छ । हामी ट्रेकिङ, प्याराग्लाइडिङ, राफ्टिङ र साइक्लिङ गन्तव्यका रुपमा नगरपालिकाको विकास गर्न प्रतिबद्ध छौं।

अन्तराष्ट्रिय साइक्लिङ प्रतियोगिताको योजना कहाँ पुग्यो ?

साहसिक गतिविधि मार्फत हामी वालिङलाई संसारभर चिनाउने प्रयत्नमा छौं। यही क्रममा आउँदो माघ १६ देखि हामी हरेक दुई वर्षमा एक सातासम्म साइक्लिङ मेला गछौं । ‘वालिङ हन्ड्रेड एमटिबी’ च्यालेन्जमा स्वदेश तथा विदेशका साइकलेहरुलाई सहभागि गराएर प्रतियोगिता गर्नेछौं। प्रतियोगितामा पहिलो हुनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिनेछौं।

पर्यटन विकासका प्रमुख समस्या के के हुन् ?

पूर्वाधार र व्यवस्थापकिय ज्ञानको कमि र प्रोडक्टहरु सेल गर्न नसक्नु नै हाम्रा प्रमुख समस्या हुन्। हामी त्यसका लागि आबश्यक कदम चाल्दैछौं। हाम्रा सम्पदाको राम्रो ब्राण्डिङ गरि मार्केटिङ गर्नेछौं।

बजेटमा पर्यटनलाई कत्तिको महत्व दिनु भएको छ ?

हामीले स्मार्ट सिटीका लागि ५ करोड रुपैयाँ छुट्टयाएका छौं । त्यसबाटै आवश्यत्ता  अनुसार खर्च गर्नेछौं।

होमस्टे गाउँहरुको मार्केटिङका लागि तपाइँको योजना के छ ?

हाम्रो नगरपालिका क्षेत्रमा ६ वटा सामुदायिक होमस्टे छन्। भुरुङ्खा, सुन्तलाबारी, बझाकोट, पित्लेक, अँधेरीखोला र वनकट्टा गाउँ प्रवद्र्धनका लागि नगरपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम र सामाग्रि उत्पादनमा जोड दिँदैछ।

प्रकाशित: ३० असार २०७५ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App