coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘महिलालाई महत्व पुगेन’

मस्को – अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक जिल इलिसले भिडियो सहायक रेफ्री (भिएआर) प्रविधि प्रयोग गर्ने अधिकार महिलालाई पनि उत्तिकै भएको बताएकी छिन् । महिला विश्वकप अर्को वर्ष फ्रान्समा हुँदै छ। 

फिफाले भिएआर प्रविधि पुरुष विश्वकपमा पहिलो पटक रूस संस्करणबाट प्रयोगमा ल्याएको हो । भिएआरको प्रयोगले धेरै निर्णयलाई उल्टाएको छ भने पेनाल्टीको संख्या बढाएको छ। 

‘फ्रान्समा हुने महिला विश्वकपमा भिएआर प्रयोगमा ल्याउने कुनै संकेत देखिएको छैन,’ अमेरिकी पत्रकारसँग इलिसले भनिन्, ‘कसैले पनि पहल गरिरहेको छैन, मेरो विचारमा हाम्रो खेल, खेलप्रतिको मोह, हाम्रो लगाव पुरुषको भन्दा कम छैन ।’ २०१५ मा अमेरिकालाई उपाधि दिलाएकी इलिसले भिएआर प्रविधि प्रयोगले महिला खेलाडीहरूलाई पनि फाइदा पुर्याउने बताएकी हुन् । 

‘विश्वभरका लिग खेलमा, उच्च स्तरका रेफ्रीहरूको प्रयोग गरिन्छ । हाम्रा लागि त्यस्ता लिग पनि छैनन् । त्यसैले महिला लिग पनि आवश्यक छ । महिला खेलका लागि नयाँ अवधारणा आवश्यक छ,’ इलिसले थपिन्। 

फिफाका महासचिव फातिमा सामोराले शीर्ष वरीयताका देशले यसबारे सुझाव लिनका लागि पठाएको इमेलमा कुनै सन्देश फिर्ता नगरेको बताएकी छन् ।  बेलायतमा जन्मिएकी इलिस फक्स स्टुडियोको कार्यक्रमका लागि क्रोएसिया र इङ्ल्यान्डबीचको फुटबलबारे धारणा राख्न रूस पुगेकी थिइन्।

‘उनीहरुले भिएआर प्रविधिलाई प्रयोगमा ल्याउन राय दिने मौका यहाँ गुमाए,’ मुख्य प्रायोजक कोकाकोलाका विश्व बजार व्यवस्थापक रिकार्डो फन्टले भने । १९७८ मा अर्जेन्टिनामा भएको प्रतियोगितादेखि फिफालाई कोकाकोलाले मुख्य प्रायोजन गर्दै आएको छ। 

अमेरिकी महिला खेलाडीले फिफाले प्रदान गर्ने पुरस्कार राशीको  आलोचना गरेका थिए । गत संस्करणको महिला विश्वकपमा फिफाले कुल १ करोड ५० लाख अमेरिकी डलर पुरस्कारका लागि छुट्याएको थियो । जसबाट अमेरिकी फुटबल संघले मात्र २० लाख अमेरिकी डलर प्राप्त गरेको थियो । त्यस्तै २०११ को संस्करणमा जापानले १ करोड कुल पुरस्कारबाट १० लाख अमेरिकी डलर प्राप्त गरेको थियो। 

रुसमा जारी पुरुष विश्वकपको विजेताले पुरस्कारका लागि छ्ट्याइएको कुल ४ करोड अमेरिकी डलरबाट ३८ लाख प्राप्त गर्नेछ । २०१४ को विश्वकप विजेता जर्मनीले ३ करोड ५८ लाख अमोरिकी डलरबाट ३५ लाख पुरस्कार प्राप्त गरेको थियो। 

इलिसले थपिन्, ‘त्यसैले फिफाले हाम्रो खेललाई पनि पुरुष फुटबल सरह ध्यान दिन आवश्यक छ ।’ २०१५ को महिला संस्करणमा अमेरिकाले फाइलनमा जापानलाई ५–२ ले पराजित गर्दा २६ करोड ७० लाख दर्शकले टिभीमा फुटबल हेरेका थिए । जसमा २५ करोड ४० लाख दर्शकले अंग्रेजीमा हेरेका थिए भने १ करोड २७ लाखले स्पेनिस भाषामा हेरेका थिए। 

 

प्रकाशित: ३० असार २०७५ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App