coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छिमेकीसँगको सम्बन्ध झनै बिग्रियोः भट्टराई

इटहरी– एमाले सचिब योगेश भट्टराईले अहिलेको सरकारको कुटनीतिज्ञ अयोग्यताले गर्दा छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको दावी गरेका छन् । उनले एमाले नेतृत्वको सरकार छँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सफल भएकोमा अहिले विशेषगरी प्रधानमन्त्री अनि गठबन्धनको कुटनीतिज्ञ अयोग्यताले विग्रिएको जिकिर गरे ।

‘दक्षिणतिर मात्र भएको सम्बन्धलाई एमाले नेतृत्व सरकारले उत्तर–दक्षिण समान हिसाबले सम्बन्ध सुधार ग¥र्यो,’ सचिब भट्टराईले विहीबार प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने । उनले एमाले नेतृत्व सरकार छँदा उत्तर चीनसँग सम्बन्ध सुधारले गर्दा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय समेत भइसकेपनि त्यो अहिले रोकिएको कुरा आउनु  सम्बन्ध बिग्रिएको संकेत भएको बताए ।

उनले अहिले पुष्पकमल दाहाल नेतृत्व सरकारले देशभित्र र अन्तर्राष्ट्रिय रुपमा विश्वसनीयता प्राप्त गर्न नसकेको बताए । ‘बिहानीले दिउँसोको संकेत गर्छ भन्नेजस्तैं अहिलेको सरकार टायर पम्चर भएर ढेलेजस्तै भइसकेको छ,’ उनले भने, ‘टायर पम्चर भइसकेको गाडीलाई ढेलेर कहाँसम्म पु¥याउन सकिन्छ ?’
नेता भट्टराईले एमाले अहिले सरकारको कार्यशैली पर्ख र हेरको रणनीतिमा रहेको बताए । ‘तीन महिना सरकारको हनिमुनी मनाउने पिरियड हो । अब एक–दुई महिना प्रतिपक्ष भलादमी ढंगले हेछौं,’ उनले पत्रकार सम्मेलनमा भने ।

उनले काँग्रेस र माओवादी केन्द्र संविधानको कार्यान्वयनमा गम्भीर नभई संशोधनको बखेडा झिकेर देशलाई डरलाग्दो खतरामा पार्न खोजेको आरोप लगाए । ‘संविधान संसोधन एकपटक भइसक्यो, अहिले त्यही बिषयलाई लिएर तहल्का मच्चाइएको छ,’ उनले भने, ‘संशोधन किन गर्नु¥र्यो, सत्तारुढ दलले स्पस्ट पार्नुप¥र्यो ।’ उनले कुनै व्यक्तिका निजी स्वार्थ पुरा गर्नका लागि कुनै हालतमा संसोधन नहुने अडान लिए ।

उनले सरकारले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउन समेत उदासिन देखिएको बताए । ‘यदि २०७४ माघ अगाडि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन नभएमा मुलुक ठूलो अधिनायकवादीको हातमा जाने खतरा छ,’ भट्टराईले भने ।

 

प्रकाशित: २३ भाद्र २०७३ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App