coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रुस विश्वकप इतिहासकै उत्कृष्ट– इन्फान्टिनो

मस्को – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकपलाई इतिहासकै ‘उत्कृष्ट’ भन्दै शुक्रबार रुसी सरकार र त्यहाका जनतालाई धन्यवाद दिएका छन्।

इन्फान्टिनोले प्रतियोगिताका लागि तयार पारिएका संरचना, उत्कृष्ट खेल र भिडियो साहायक रेफ्री (भिएआर) को सफल प्रयोगले प्रतियोगितालाई सफलतातर्फ डोहोर्याएको बताए।

‘मैले पछिल्लो केही वर्ष देखि नै रुस विश्वकप इतिहासकै उत्कृष्ट हुने बताउँदै आएको छु । आज म त्यो भनाई थप आत्मविश्वासका साथ दोहोर्याउन सक्छु । किनभने मसँगै सारा विश्वले यसको अनुभुती गरिसकेको छ,’ इन्फान्टिनाले भने।

इन्फान्टिनोले गत साता क्रेम्लिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ४ साता सम्पूर्ण विश्वको ध्यान रुसमा केन्द्रित हुने बताएको सम्झना गर्दै पुनः पुटिन र विश्वकप आयोजकको प्रसंशा गरे । फिफाको तथ्यांक अनुसार विश्वकप दौरान करिव १० लाख विदेशी समर्थकले रुस भ्रमण गरेका थिए । उनले यस विश्वकपले रुसलाई हेर्ने अन्य राष्ट्रको दृष्टिकोणमा पनि परिवर्तन हुने विश्वास व्यक्त गरे।

‘विश्वकपले विश्वका अन्य राष्ट्रको रुसप्रतिको धारणा परिवर्तन गरेको हुनपर्दछ,’ इन्फान्टिनाले थपे, ‘यहाँका मानिसले अतिथिलाई गरेको न्यानो स्वागत र उनीहरुले देखाएको व्यवहारले विगतमा रुसका बारेमा गरिएका नकारात्मक टिप्पणी गलत भएको पुष्टी गर्दछ।’

इन्फान्टिनोले ६२ खेल मध्ये हाल सम्म एक खेलमात्र गोलरहित बराबरीमा सकिएको भन्दै यसले खेलको स्तर वृद्धी भएको पुष्टी गर्नुका साथै रौनक थपेको बताए । प्रतियोगिताअघि भिएआर प्रविधीले फुटबलको असली मज्जालाई छायामा पार्ने भन्दै यसको प्रयोगको विरोध भएको थियो । तर इन्फान्टिनोले सधै गर्दै आएको भिएआर प्रविधि यसै विश्वकपबाट प्रयोगमा ल्याइएको थियो।

‘भिएआरले फुटबललाई परिवर्तन गरेको छैन । भिएआरले फुटबल खेललाई थप इमान्दार बनाउनुका साथै त्यहा हुने कमी कमजोरी हटाउन मद्दत गरेको छ । जसका कारण निष्पक्ष नतिजा आइरहेका छन्,’ उनले भने । रेफ्रीले लिएका १९ रिभ्यु मध्ये १६ वटामा निर्णय परिवर्तन भएको भन्दै इन्फान्टिनोले भिएआरको प्रयोग सफल भएको दाबी गरे।

‘अब भिएआरविनाको विश्वकप कल्पना गर्न कठिन छ,’ इन्फान्टिनाले भने, ‘यसले खेलमा रौनक थपेको छ । हामीले जे चाहेका थियौं त्यो नै पायौं।’

कतारमा चार वर्षपछि हुने विश्वकप ३२ राष्ट्रकोमात्र सहभागिता रहने अन्तिम संस्करण हुनेछ । फिफाले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा १६ टोली थप गर्दै ४८ राष्ट्र पुर्याउने निर्णय यसअघि नै गरिसकेको छ।

यद्धपी इन्फान्टिनोले २०२२ को कतार विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने विषयमा आगामी केही महिानामा निर्णय लिइसक्ने बताए।

प्रकाशित: ३० असार २०७५ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App