coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

काठमाडौं– राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। 

शनिबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ गइरहेको बा ९६ प ४९११ मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना ७ ख ९४७५ टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया अनुजा घिमिरेको ज्यान गएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते अनुजालाई उपचारका लागि बयोधा अस्पताल लगेको र त्यही मृत्यु भएको थियो। 

घटनामा मोटरसाइकल चालक अनुज घिमिरे सामान्य घाइते छन्। उनको हात र खुट्टामा चोट लागेको छ। घटनापछि कालिमाटी प्रहरी वृत्तले चालक ललितपुर चापागाउँ बस्ने ३० वर्षीय राजकुमार तामाङलाई नियन्त्रणमा लिएको एसपी मैनालीले बताए। उनका अनुसार घटनास्थलमा टिपरमाथि तोडफोड प्रयास भएपनि प्रहरीले रोकेको थियो।

प्रकाशित: ३० असार २०७५ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App