गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू! तपाईको ज्ञानको स्रोत के हो ? (भिडियाे)

शनिबार, ३० असार २०७५, १५ : १८ दीपक दाहाल  | @DeepakDahal1

भिडियाे : सुजन श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको स्रोत के हो भनी प्रश्न गरेका छन्। आज बानेश्वरमा डा गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्।

थापाले काठमाडौंमा १० वर्षसम्म थप मेडिकल कलेज खोल्न हुँदैन, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनहुन्न भन्ने कुराको पछाडी विज्ञहरुले रहेको माथेमा कार्यदलको निचोड रहेको बताए। थापाले त्योभन्दा पछाडी कुनैपनि आयोग नबनेको भन्दै त्यो आयोग नै चिकित्सा शिक्षाको सबैभन्दा ठूलो ज्ञानको स्रोत भएको बताए।

उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन ल्याउँदा प्रधानमन्त्रीको कद नघट्ने भन्दै उनले त्यो त्याग देखाउन समेत आग्रह गरे। सभालाई सम्बोधन गर्दै कार्यदलका संयोजक केदारभक्त माथेमाले अहिलेको सरकार आमजनताको हितमा नलागी सीमित व्यक्तिको हितमा लागेको आरोप लगाए। उनले आफूहरुले चिकित्सा शिक्षालाई कसरी गुणस्तरी बनाउने भनेर दिएको सुझावलाई हचुवाको भरमा सरकारले पन्छाउन खोजेको गुनासो गरे। कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, डा अभिषेक सिंह, डा जीवन क्षेत्री लगायतले डा केसीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेका थिए। सभापूर्व केसीको जीवनरक्षाको माग गर्दै निस्किएको र्‍याली माइतीघरबाट बानेश्वर पुगेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad