२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

शनिबार, ३० असार २०७५, १३ : ३७ नागरिक

तनहुँ- पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।
भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो।
असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो। हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन्।
सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए। शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए।
शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ। पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad