७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री निवास अघि धर्ना दिएका अधिकारकर्मी पक्राउ

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।  अधिकारकर्मी कृष्ण पहाडी, गंगाधर अधिकारी, कृष्ण कडेल, टिका पौडेल लगायतलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले सत्याग्राही डा. गोविन्द केसीका माग पुरा गर्दै जीवनरक्षा गर्न समेत माग गरेका थिए। यस्तै सरकारले जनताको आवाज बुलन्द गर्ने माइतीघर लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेकोमा समेत विरोध गर्दै आएका छन्।

प्रकाशित: ३० असार २०७५ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App